भेनेजुएलामा मादुरोप्रति बफादार अन्त्य भएको सेनाका कर्नेलको घोषणा



काराकास – भेनेजुएलाको सेनाका डाक्टर कर्नेल रुबेन पास सिमेनेसले राष्ट्रपति निकोलास मादुरोप्रति आफ्नो बफादारी नहुने घोषणा गरेका छन् ।शनिवार भिडियोमार्फत सन्देश जारी गर्दै भने, ‘सशस्त्र बलमा कार्यरत ९० प्रतिशत व्यक्ति असन्तुष्ट छौं भन्दै बफादारी अन्त्य भएको घोषणा गरेका हुन् । मादुरोलाई सत्तामा टिकाइराख्न हामीलाई प्रयोग गरिएको छ।’

उनले आफ्ना सहकर्मीलाई भेनेजुएलालाई दिइएको मानवीय सहायता वितरणमा सहयोग गर्न पनि आह्वान गरेका छन्। अमेरिकाबाट सहायता सामग्री लिएर आएको जहाज कोलम्बियाको कुकुतामा रोकिएको छ।

मादुरोले उक्त जहाज भेनेजुएलामा प्रवेश गर्न दिएका छैनन्। आफ्नो देशमा मानवीय सहयोगको आवश्यकता नभएको मादुरोको दाबी छ। एक साताअघि वायु सेनाका जनरल फ्रान्सिस्को यानेसले पनि मादुरोप्रतिको बफादारी अन्त्य भएको घोषणा गरेका थिए।

Comment