मोफसलमा अनमोलको क्रेज, हजारौँ दर्शकमाझ डान्स गर्दै ‘क्याप्टेन’को बोले डाइलग



काठमाडौं । आउँदो फागुन १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘क्याप्टेन’को प्रचार प्रसार व्यापक रुपमा गरिएको छ । उक्त चलचित्रको मोफसल प्रचारका लागि सुपरस्टार अनमोल केसी नेपालगञ्ज पुगेका छन् । नेपालगन्जमा आयोजित प्रथम प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एंव पर्यटक महोत्सव २०७५ खजुराका दर्शकमाझ अनमोलसहित क्याप्टेन निर्माण टिम पुगेको थियो । नेपाल प्रहरी, सशत्र प्रहरी र निजी कम्पनीका गार्डहरुको कडा सुरक्षा व्यवस्थाका साथ अभिनेता केसीलाई मञ्चमा उकालिएको थियो । उनी आउने भएपछि कार्यक्रममा विभिन्न स्थानबाट हजारौँ दर्शक कार्यक्रमस्थल आइपुगेका थिए ।

अनमोल मञ्चमा उक्लिएसँगै दर्शकहरुको ताली र हुँटिङले खजुराको माहोल तातेको थियो । महोत्सवको मञ्चमा अभिनेता केसी र दर्शकविच रिलिजको तयारीमा रहेको सिनेमा क्याप्टेनका विषयमा सवाल जवाफ समेत भएको थियो । दर्शकले अनमोललाई क्याप्टेन कहिले रिलिज हुन्छ ? भनेर सोधेका थिए । उनले सिनेमा फागुन १७ गतेबाट प्रदर्शन हुने बताए । फेरि अनमोलले दर्शकलाई क्याप्टेन कहिले रिलिज हुन्छ रे ? भनेर दर्शकलाई सोधेर हजारौँ दर्शकमाझ सिनेमाको प्रचार प्रसार गरे ।

सवाल जवाफसँगै अनमोलले डान्स पनि गरे । क्याप्टेनको हिट गीत ‘रहर छ सँगै’ बोलको गीतमा दर्शकमाझ उनले डान्सका केही स्टेप देखाएका थिए । भने सिनेमाको ट्रेलरमा समावेश केही डाइलग बोलेर दर्शकलाई सुनाए । महोत्सवमा उपस्थित दर्शकले थोरै समय भएपनि अनमोललाई देख्न पाएकोमा खुशी व्यक्त गरे । उक्त महोत्सव समारोहमा सोमबार सदावहार अभिनेता भुवन केसी र अभिनेत्री निरुता सिंहको प्रस्तुती रहने छ ।





Comment