चितवनमा क्रिकेट रंगशाला निर्माणका लागी मलेसियामा सोचेभन्दा राम्रो सहयोग मिल्यो भन्दै यसरी खुसी पोखे धुर्मुसले



काठमाडौँ- गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानमा जुटेको कलाकार तथा अभियन्ता सीताराम कट्टेलले मलेसियाबाट सोचेभन्दा बढी सहयोग मिलेको बताएका छन् ।धुर्मुसले त्यहाँका नेपालीबाट पाएको सहयोगले आफू उत्साहित भएको र आफु निराश हुन नपरेको बताएका छन् ।

धुर्मुसले भने ‘रंगाशाला निर्माण सहयोगार्थ जुन उद्धेश्य लिएर हामी मलेसिया आएका थियौं । मलेसियामाका नेपाली दिदिबहिनी दाजुभाइबाट सोँचे भन्दा राम्रो सहयोग-सदभाव पाएका छौुं, यही अभियानलाई लिएर फेरि मलेसिया आउने निम्तो पनि पाएका छौं, यसले हामीलाई थप हौसला मिलेको छ ।

मलेसियाका विभिन्न ठाउँमा क्रिकेट रंगशालाका लागि चलाएको अभियानका क्रममा त्यहाँका नेपालीबाट प्राप्त सहयोगबारे नेपाल फर्केर जानकारी गराउने धुर्मुसले बताएका छन् ।क्रिकेट रंगाशाला निर्माणका लागि सहयोग जुटाउन कलाकार पत्नी कुञ्जना घिमिरे ‘सुन्तली’ सहित धुर्मुस साताअघि मलेसिया पुगेका थिए ।

Comment