सरकारविरुद्ध मुद्दा हाल्न प्रचण्डको नागरिकलाई सुझाव, किन हाल्ने मुद्दा ?



काठमाडौं । सरकार नेतृत्वकर्ता दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानप्रदत्त अधिकार हनन भए सरकारविरुद्ध मुद्दा हाल्न सकिने बताएका छन् । सिरहामा सोमबार अर्नमा गाउँपालिका १ महनौरमा निर्मित स्वास्थ्यचौकीको उदघाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले संविधानमै शिक्षा र स्वास्थ्यलाई जनताको मौलिक अधिकार अन्तरगत राखिएको जानकारी दिँदै गरीबको उपचार नगरे सरकारविरुद्ध मुद्दा हाल्न सकिने बताएका हुन् ।

उनले भने, ‘अहिले सरकारले मौलिक अधिकार कार्यान्वयनको प्रक्रिया सुरु गरेको छ । उपचार नपाएर गरिबीका कारण अब कोही मर्नुपर्ने छैन । गरीबको उपचार सरकारले गर्नेछ, नगरे अदालतमा मुद्दा दिन पाइन्छ ।’