घरेलु टोली धनगढीलाई हराउँदै डीपीएलमा काठमाडौंको विजयी सुरुवाात



काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण सोमबारबाट सुरु भएको छ । उद्घाटन खेलमै घरेलु टोली धनगढी स्टार्स पराजित भएको छ । उसलाई हराउँदै काठमाडौं गोल्डेन्सले विजयी सुरुआत गरेको हो । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको पहिलो खेलमा काठमाडौंले घरेलु टोली धनगढी स्टार्सलाई ४ विकेटको पराजित गरेको हो ।

सोमपाल कामीको कप्तानीमा रहेको धनगढीले दिएको १३३ रनको विजय लक्ष्य ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंले १९.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा र्गयो । काठमाडौंका लागि अंकिद दबासले २९, गौरव तोमारले २८, अनिलकुमार साहले २४, विक्रमकुमार भुसालले अविजित १४, महबुब आलमले अविजित १२ रनको योगदान गरे । धनगढीका रोहन मुस्तफाले सर्वा्धिक ४ विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धा्रित् २० ओभरमा ५ विकेट गुमाउँदै १३२ रन बनाएको थियो । धनगढीका लागि अमित श्रेष्ठले अर्धशतक, सन्दीप रजाइलीले २८ रन, सौरभ खनालले २५ र पवन सर्राफले १९ रन जोडे । काठमाडौंका लागि नन्दन यादव २ तथा ललित राजवंशी र अंकित दबासले १र१ विकेट लिए ।

डीपीएलको दोस्रो संस्करणको उपाधि टिम चौराहा धनगढीले जितेको थियो । योपालि धनगढी स्टार्सको नाममा घरेलु टोली प्रतियोगितामा सहभागी भएको छ ।