प्रधानमन्त्री रोजगार कार्यक्रमले वार्षिक दुई लाख ३६ हजार रोगजारी सिर्जना गर्ने



प्रधानमन्त्री रोजगार कार्यक्रमले वार्षिक दुई लाख ३६ हजार रोगजारी सिर्जना गर्ने भएको छ ।सार्वजनिक निर्माणको पुँजीगत खर्च बढाएर सरकारले रोजगारी सिर्जना गर्न लागेको हो । रोजगारी संख्या निजीबाहेक सरकारी बजेटबाट सिर्जना हुने जनाइएको छ ।

हाल सरकारले पुँजीगत खर्चअन्तर्गत सार्वजनिक निर्माणका लागि दुई खर्ब २५ अर्ब ५७ करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।हाल खर्च भइरहेको ३३ अर्ब ८३ करोड रुपैयाँले वार्षिक औषत ६ लाख २१ हजारलाई न्युनतम रोजगारी राजगारी पाइनेछ ।

ज्यालामा मात्र खर्च भइरहेको १५ प्रतिशत बजेटलाई बढाएर अनिवार्य खर्च गर्ने व्यवस्था गर्न नीतिगत व्यवस्था गरिने भएको छ ।

Comment