कारुणिक घटना : खुला चौरमा चिता बनाएर रमेशले जलाए जिउँदै श्रीमती र बच्चालाई



काठमाडौं । भारतमा एक पुरुषले जिउँदै श्रीमती र बच्चालाई चितामा राखेर जलाएका छन् । हैदरावादको घाटकेसरमा सामान्य घरायसी विवादमा ति पुरुषले जिउँदै श्रीमती र चार वर्षीय बच्चालाई जलाएका हुन् । यो घटनाको खुलास त्यत्तिखेर भयो जतिखेर मानिसहरुले महिला र बच्चाको जलेको शव चौरमा देखेर प्रहरीलाई खबर गरे । प्रहरी आरोपी भएको ठाउँमा पुग्नु अघि नै ऊ आफूले पत्नी र बच्चालाई जिउँदै जलाएर मारेको भन्दै थानामा पुगे ।

भारतीय प्रहरीकाअनुसार सन्२०१५मा गुदुर गाउँका रमेशको विवाद वारंगल जिल्लाको बोलीकुन्ता गाउँकी सुश्रुतासँग विवाह भएको थियो । उनीहरुको चार वर्षको बच्चा पनि थियो। पछिल्लो १० महिनादेखि उनीहरुबीच विवाद भइरहेको थियो । यही कारण पत्नी सुश्रुता माइतमा बसेकी थिइन् । सामस्या समाधान गर्न भन्दै पत्नी बच्चा लिएर उप्पल आइन् ।

यहाँ फेरि उनीहरुबीच विवाद भयो । विवाद बढ्दै गएपछि पत्नी सुश्रुताले निद्रा लाग्ने औषधि आफूले पनि खाइन्, बच्चालाई पनि खुवाइन्् । त्यसपछि सुश्रुता र बच्चा बेहोस भए । यो दृश्य देखेर आत्तिएको रमेशले पत्नी र बच्चाको हात खुट्टा बाँधेर चिता बनाएर जिउँदै जलाएको हो ।

Comment