लोकदोहोरी गीतको म्यूजिक भिडियोमा स्विमगं पुलमा यो जोडिले दिए हट सिन, हट सिनका कारण चर्चामा मोडल ध्रुव र सञ्चिता (भिडियो)



काठमाडौं । प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन्स डे’ सप्ताह चलिरहेको छ । यस अवसरमा आफ्ना प्रियहरुलाई विभिन्न उपहार दिने क्रम चलिरहेको छ । यसैक्रममा गायिका मुना थापा र गायिका प्रनिल गुरुङले पनि आफ्ना स्रोता र दर्शकलाई सांगीतिक उपहार दिएका छन् । उनीहरुले लोकदोहोरी गीत ‘दिलको भतेर’ आफ्ना स्रोता र दर्शकलाई भ्यालेन्टाइन्स डेको उपहार दिएका हुन् । नन्दराम परियारको शब्द सृजना रहेको सो गीतमा प्रेम भावना दर्शाइएको छ ।

रिसाउँदा पनि माया गरेको जस्तो लाग्ने अनुभव आफूहरुले गरेको भन्दै आफ्ना प्रियलाई सुनाउँदै खुसी पार्ने प्रयास गरिएको छ । सो गीतको म्युजिक भिडियो पनि बनाइएको छ । ध्रुव हिमालीको निर्देशन रहेको सो भिडियोमा ध्रुव हिमाली र सञ्चिता शाहीको अभिनय रहेको छ ।

Comment