सलिनमान बानियाँको अहिलेसम्मकै दमदार भूमिका रहेको फिल्म ‘यात्रा’को टिजर ट्रेण्डिगंमा



काठमाडौं । फिल्म ‘यात्रा’को टिजर सार्वजनिक भएपछि यो फिल्मको चर्चा थप चुलीएको छ । सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्म ‘यात्रा’को रिलिज २९ चैत्रमा रिलिज हुने तयारी भइरहँदा चलचित्रको निर्माण यूनिटले टिजर सार्वजनिक गरेदेखि नै चर्चासँगै टिजर ट्रेण्डिगंमा आउन सफल भएको छ । यो समाचार तयार पार्दासम्म भिडियो ट्रेण्डिगंको २२ औँ स्थानमा रहेको छ । निर्माता केशव भट्टराईको यो फिल्ममा अभिनेता सलिनमान बानियाँ लगायत सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल , विशाल कटुवाल, समृद्धि राई, योगेशजंग कुँवर, इश्वर पौडेल , नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रज्वल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहेको छ । यसै फिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दै्छिन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय छ ।

फिल्ममा बालकलाकारको अंकित संग्रौला र एन्जल राई रहेका छन् । फिल्मलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइएको निर्माता भट्टराईले जानकारी दिए । फिल्मलाई केशव भट्टराईले सुशिल पोखरेलसँग मिलेर बनाएका हुन् । दुई दशक अगाडी सहायक निर्देशक भइ यसक्षेत्रमा भित्रिएका सम्राटले मुख्य सहायक निर्देशक भइ धेरै काम गरेका थिए । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह निर्माता रहेका छन् । फिल्ममा संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ ।

यसै फिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दै्छिन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय छ । फिल्ममा बालकलाकारको अंकित संग्रौला र एन्जल राई रहेका छन् । फिल्मलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइएको निर्माता भट्टराईले जानकारी दिए । फिल्मलाई केशव भट्टराईले सुशिल पोखरेलसँग मिलेर बनाएका हुन् ।

दुई दशक अगाडी सहायक निर्देशक भइ यसक्षेत्रमा भित्रिएका सम्राटले मुख्य सहायक निर्देशक भइ धेरै काम गरेका थिए । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह निर्माता रहेका छन् । फिल्ममा संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ ।

Comment