नुवाकोटमा फालिएका फोहोर दैनिक ५ ट्रक पुनः उपत्यकामा भित्र्याईन्छ



काठमाडौं । पुन: प्रयोग गर्ने उदेश्यले ब्यवस्थापन गरिएको फोहोर पुन: उपत्यका पर्काईने गरिएको छ । नुवाकोटको सिसडोल ल्यान्डफिल्ड साइटमा फालिने फोहोर काठमाडौंमै फर्किने गरेको हो ।

प्रशोधन गरी पुनः प्रयोगमा ल्याउने उद्देश्यले दैनिक करिब ५ ट्रक फोहोर फेरी उपत्यकामा भित्रिने गरेको हुन् । नसड्ने, नकुहिने प्रकृतिका ठोस फोहोर छनोट गरी विभिन्न समूहले काठमाडौं भित्र्याउने गरेका छन् ।

पत्रपत्रिका, कार्टुन, कपडा, प्लास्टिक र प्लास्टिकजन्य सामग्री, फलामका टुक्रा, विद्युतीय सामग्री र त्यस्ता उपकरणमा प्रयोग हुने कभरलगायतका ठोस फोहोर दैनिकजसो एजेन्टमार्फत काठमाडौं भित्रिने गरेको सिसडोल साइडका इन्चार्ज सरकारदीप श्रेष्ठले जानकारी दिनुभयो । याे खबर आजको नेपाल समाचारपत्रले लेखेको छ ।
प्रतिक्रिया दिनुहोस्

Comment