कोरोना कहरमा पिल्सीएको नेपाली चलचित्र लप्पन छप्पन २ शिबरात्रीमा आउँदै — OSNepal

कोरोना कहरमा पिल्सीएको नेपाली चलचित्र लप्पन छप्पन २ शिबरात्रीमा आउँदै

LC (KTM) September 11, 2021 0

नेपाली चलचित्र लप्पन छप्पनको सिक्वेल लप्पन छप्पन २ को प्रर्दशन मिति तोकिएको छ । यो फिल्म निर्माण भएको धेरै भइसक्यो तर कोरोनाको कहरका कारण प्रर्दशन मिति तोकेर पनि रिलिज भएको थिएन् । यो फिल्म अघिल्लो वर्षको महाशिवरात्रिमा प्रदर्शन घोषणा गरिएको थियो ।

यस चलचित्र सोही तोकिएकै मितिमा हुनेछ तर एक वर्षपछिको मितिमा । चलचित्रका निर्देशक मुकुन्द भट्टले चलचित्र यस वर्षको फागुन १३ गतेबाट प्रदर्शन हुने पुष्टि गरेका छन् । उनको यो जानकारी सामाजिक सञ्जाल फेसबुक मार्फत दिएका हुन् । यो चलचित्रमा सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही लगायतका कलाकारको सशक्त अभिनय रहेको छ ।

महंगो बजेटमा फिल्म बनाउन माहिर निर्देशक भट्टले यस चलचित्रलाई पनि नेपालसँगै युरोप र अस्ट्रेलियाका बिभिन्न ठाउँमा छायांकन गराएका छन् । यहि फिल्मका निर्देशक मुकुन्दले एकदमै महंगो बजेटमा बन्न लागेको चलचित्र ‘एक्स नाइन’ को समेत निर्देशन गर्ने भएका छन् ।

पुसदेखि छाँयाकनको तयारी रहेको यस फिल्ममा अनमोल केसी, सौगात मल्ल, पुष्प खड्का लगायत बलिउडका कलाकार समेत रहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर