यौन दुर्बलताको अचुक औषधी हो कुरिलो, एक पटक प्रयोग गरेर त हेर्नुहोस छन् धेरै अन्य फाइदाहरु



काठमाडौँ- नेपालका प्रायः सबै भू–भागमा पाइने कुरिलो औषधीय गुण भएको बहुवर्षीय लहरायुक्त वनस्पति हो । यो स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ ।यसको नियमित सेबनले स्वास्थमा धेरै फाइदा पुग्छ । कुरिलोको जराको चूर्ण बनाई नियमित खाएमा यौन दुर्बलता र स्तनजन्य रोगलाई फाइदा गर्छ ।

कुरिलोलाई तरकारी वा सुप बनाएर नियमित सेवन गर्दा शरीरमा हुने विभिन्न दुखाइ सन्चो हुन्छ ।कुरिलो सुत्केरीका लागि पनि उपयोगी छ । यसको सेवनले दूध नआउने समस्या समाधान गर्छ । कुरिलोको नियमित सेवन महिलाका लागिसमेत फाइदाजनक हुन्छ ।

यसले शरीरमा ऊर्जा उत्पन्न गर्छ । उनीहरूमा यौन दुर्बलता हटाउन, महिनावारी गडबडी ठीक पार्नलगायत कामका लागिसमेत कुरिलो उपयोगी हुन्छ ।जराको धुलो दूध वा मनतातो पानीसँग मिसाएर पुरुषले सेवन गरेमा वीर्य बढ्छ । कुरिलोको जरालाई बुद्धिवद्र्धक, अग्निवद्र्धक औषधिका रूपमा तथा दुर्बलता, शोक आदिको निवारकका रूपमा आयुर्वेदमा व्याख्या गरिएको छ ।क्यान्सर रोगीका लागि पनि यो फाइदाजनक छभने नियमित सेवन गरेमा क्यान्सर हुने सम्भावना कम हुन्छ ।