रुघाका कारण ज्वरो आएको छ भने भुलेर पनि नर्गनुहोस् यि काम



काठमाडौँ । प्रायः सबै मौसममा रुघाखोकी लाग्ने गर्छ । रुघा ठूलो रोग नभएपनि रुघा लाग्दा जथाभावी गरेमा त्यसबाट भने ठूलो समस्या आइपर्न सक्छ । यसर्थ रुघा लाग्दा सावधानी अपनाउनु पर्छ । सामान्य नियमहरूको पालना गरेमा यो आफैं ठीक हुन्छ । तर, रुघालाग्दा जथाभावी खाएमा रुघा बिग्रन्छ र पिनास हुने (पीप जम्ने), मासु बढ्ने, एलर्जी हुने, घाँटीसम्बन्धी रोग लाग्ने, आँखा दुख्ने, टाउको असैह्य गरी दुख्ने जस्ता समस्याहरू हुने गर्दछन् । रुघा लाग्दा जोडले सिंगान फ्याँक्ने गरेमा त्यसबाट कानको जाली फुट्ने पनि हुन्छ ।

रुघामा घाँटीदेखि कानसम्म पुग्ने नलीसम्म भाइरसको संक्रमण फैलिएमा मध्यकान पनि संक्रमित हुन पुग्छ । फलस्वरूप कान पाक्ने दुख्नेलगायत जाली बिग्रिने, कान नसुन्नेजस्ता समस्या हुन्छ ।

रुघा लाग्दा यी १२ कुरा भुलेर पनि नगर्नुहोस् :

१.रुघा लागेमा चिसो पानीले मुख धुने, नुहाउने र चिसो छुने काम नगर्नुस् । शारीरिक व्यायाम, बढी दौडधुप नगर्नुहोस् ।

२. गम्म परेको वा बढी हावा चल्ने ठाउँमा नबस्नुस् । धूलो र धुँवाबाट बच्नुस्, खार (पकाएको धुँवा) आएको ठाउँमा नजानुस् । चिसोमा नहिँडनुस् । यदि हिँड्नै परेमा न्यानो लुगा लगाउने, कान, घाँटी छोप्ने र नाक एवं मुख छोप्ने गरी मास्क लगाउने गर्नुस् ।

३. रुघामा ज्वरो पनि आएको छ भने त पूर्णरूपले आराम गर्नुस् तर सिरक ओढ्ने नगर्नुस् ।

४. रुघा लाग्नासाथ दिनको तीन÷चार पटक तातो पानीले बाफ नाक र मुखबाट पालैसँग पाँचदेखि सात मिनेटसम्म लिनुस् ।

५. नाक बन्द छ भने नुनपानी मनतातो गरी नाकमा ५, ६ थोपाको दरले राख्नुस् । यदि यसले खुलेन भने षड््बिन्दु (आयुर्वे्दिक) तेल वा अन्य नोजल ड्रप (नाक खुलाउने औषधि) प्रयोग गर्नुस् । तर नोजल ड्रपको प्रयोग लगातार र सकेसम्म गर्नु हुँदैन । बढी उकुसमुकुस भएर सुत्न बस्न गाह्रो भएमा मात्र नाकमा दुई, तीन थोपा प्रयोग गर्दा केही फरक पर्दैन ।

६.बाफ लिइसकेपछि (यदि ज्वरो छैन भने) नाक, घाँटी, छाती र ढाडमा तातोले १५, २० मिनेटसम्म सेक्नुस् । यसरी सेक्दा मेन्थोलयुक्त लेपनहरू (जस्तै मिक्स, बाम, स्विचो आदि) बाह्यरूपले छाती, घाँटी र ढाडमा दल्न सकिन्छ ।

७. बिहानबेलुका दुई पटक तातोपानीमा खुट्टा घुँडाभन्दा मुनिसम्म डुवाएर पटकपटक तातो पानी थप्दै १५ देखि ३० मिनेटसम्म बस्नुस् ।

८. यदि ज्वरो आएको छ भने वाफ लिने, आराम गर्ने र बढी ज्वरोमा पेटमा मात्र चिसो पट्टी राख्नुस् ।

९. रुघा लागेको बेला एनिमाको प्रयोग गरी पेट सफा गर्ने र उपवास गर्ने हो भने पनि फाइदा हुन्छ ।

१०. रुघा लाग्दा बेस्सरी सीँसीँ गरेर सिंगान फ्याक्ने, नाक कोट्याइरहने, नाकभित्र औंला छिराउने र बढी सिंगान पुछिरहने नगर्नुस् ।

११. तोरीको तेलमा ५।७ केस्रा लसुन काटेर फुराउने र कालो पार्ने, सेलाएपछि उक्त तेल (लसुन होइन) नाकमा ५।६ थोपा दिनको तीन, चार पटक हाल्ने एवम् छाती, ढाड, निधार र घाँटीमा पनि दल्ने गर्नुस् । बच्चाहरूलाई रुघा लाग्नासाथ यही प्रक्रिया अपनाउनुस्, तुरुन्तै फाइदा हुनेछ ।

१२. रुघा लाग्दा अन्य अनेकौं प्राकृतिक उपचार विधिहरू जस्तै नाक सफा गर्ने, स्टिम बाथ लिने, विभिन्न अक्युप्रेसर–मसाज तथा अन्य प्राकृतिक औषधिहरूको समेत प्रयोग गर्न सकिन्छ ।

Comment