थाइल्याण्डका यि दुई दाजुबहिनीको विबाह परिवारले नै गरिदियो, भिडियो बन्यो भाइरल



एजेन्सी – बिवाह भनेको जिबनको ठुलो निर्णय हो ।बिबाह मानिसले जिवनमा एक पटक मात्र गर्छ ।त्यसैले बिबाह गर्दा हामिले गोत्रहरु पनि मिलाउने र आफ्नो नाता गोता भित्र पर्छ कि पर्दैन भनेर सोच बिचार गरेर मात्र गर्छौ । तर भखरै थाइलाण्डको बैंककमा ६ वर्षको उमेरमा दुई दाजुबहिनी उनकै परिवार जनले उनीहरुको विवाह धुमधामका साथ गराइदिएका छन् । अहिले दुई दाजुबहिनीको बिबाह सामाजिक संजालमा निकै नै भाइरल भइराखेको छ ।

दुई दाजुबहिनीको सन् २०१२ सेप्टेम्बरमा एकै दिन जन्म भएको हो । उनका परिवार जनका अनुसार पूर्वजन्ममा उनीहरु पति पत्नी भएको भन्दै उनीहरुको बिवाह गरेको स्थानीय संचार माध्यममार्फत बताएका छन् । बौद्धमागीहरुले एकैदिन पुरुष र महिला सँगै जन्मिए कर्म सम्बन्धका कारण जन्मिएको विश्वास गर्ने गर्दछन् ।यस्तो पूर्वजन्मको सम्बन्धबाट हुने संका गरिन्छ । उनीहरु लागेको क्रृण तिर्न नसकेपछि सगैं जन्म हुने विश्वास गर्दछन् । यहि विश्वासको कारणले गर्दा उनीहरुले दाजुबहिनीलाई ६ वर्षकै उमेर विवाह गराइदिएका हुन् ।

Comment