नेपाल आइडल २ का क्युटेस्ट प्रतिस्पर्धी कृशल कडेलको पहिलो म्युजिक भिडियो आयो सेड्रिनाको साथमा



क्यालिफोर्निया – क्युटेस्ट लुक्स र परिपक्व गायकीका कारण नेपाल आइडल सिजन २ मा चर्चित बनेका कृशल कडेलले आफ्नो पहिलो म्युजिक भिडियो बजारमा ल्याएका छन्। गायनसंगै भिडियोमा कृशलले किशोरी नायिक सेड्रिना शर्माको नायक भएर अभिनय गरेका छन। यस अघि यो जोडी संगै अन्तरवार्ता दिएर युट्युबमा भाइरल भइ ट्रेण्डिङ्ग परेको थियो। सेड्रिनाले यस अघि पनि “नाईँ नभन्नु ल ५” अभिनय गरेर चर्चामा आएकी थिइन।

‘ओढेर घूँघट’ बोलको कृशलको यस गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत र नृपेश उप्रेतीको प्रेमिल भावको शब्द रहेको छ। यसमा गोपाल रसाईलीको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोलाई दिपक आर्चायले निर्देशन गरेका हुन् भने कोरियोग्राफी तेन्जु योञ्जनले। यसैगरी म्युजिक भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन भने चन्दन दत्तले सम्पादन गरेका हुन। कृशल नेपाल आइडलको दोस्रो सिजनमा टप ८ मा पुग्न सफल भएका थिए।

Comment