बिवाह बन्धनमा बाधिदैछन् विक्की कौशल र कट्रिना कैफ ? यसरी बाहिर आयो खबर — OSNepal

बिवाह बन्धनमा बाधिदैछन् विक्की कौशल र कट्रिना कैफ ? यसरी बाहिर आयो खबर

LC (KTM) September 12, 2021 0

एजेन्सी- बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफले बिहे गर्ने खबर बाहिर आपछि उनीहरुका फ्यानहरु खुशी भएका छन् । यद्यपी यस विषयमा उनीहरु भने मौन नै रहेका छन् । केही समय पहिले आउँदो डिसेम्बर महिनामा बिहे गर्ने तयारीमा रहेको लाइफस्टाइल एसियाले लेखेको थियो।

सो समाचारमा विक्की र कट्रिनाको बिहे राजस्थानको उदयपुरमा भव्यसँग हुने भनिएको थियो, तर केही समयपछि लाइफस्टाइलले त्यो सामग्री हटाए पनि फ्यानहरुले भने यो समाचारलाई आधार मानेर खुशी भइरहेका छन् । बलिउड लाइफका अनुसार जसरी विक्की र कट्रिनाको इन्गेजमेन्टको जानकारी झुटो थियो त्यसैगरी उनीहरुको डिसेम्बरमा बिहे हुने कुरा पनि साँचो होइन। यो जोडी लामो समय देखी प्रेममा रहेको छ ।

हाल कट्रिना ‘टाइगर ३’को सुटिङमा व्यस्त छिन्। फिल्ममा सलमान खानको पनि अभिनय छ। उनीहरु अहिले सुटिङको लागि टर्की पुगेका छन्। यता विक्की कौशल भने साम मानेकशाको बायोपिकका लागि तयारी गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर