साओमीले ल्यायो फाइभजी फोन ‘एमआइ मिक्स ३’, कस्तो छ विशेषता ?



काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता साओमीले फाइभजी नेटवर्क सपोर्ट गर्ने स्मार्ट फोन ‘एमआइ मिक्स ३’ सार्वजनिक गरेको छ। इस्पेनको बार्सिलोनामा जारी वल्र्ड मोबाइल कंग्रेसमा एमआई मिक्स ३ स्मार्ट फोन सार्वजनिक गरिएको हो। यही मोडलको फोन गएको अक्टुबरमा चीनमा सार्वजनिक गरिएको थियो। युरोपियन बजारमा यो फोनको मूल्य ५९९ युरोबाट सुरु हुने कम्पनीले बताएको छ।

६.३९ इन्चको एमोलिड डिस्प्ले भएको फोनमा स्न्याप ड्रयागन ८५५ प्रोसेसर रहेको छ। यसमा एक्स५० मोडियम पनि रहेको छ। यो मोडियमले अहिलेको फोरजीको तुलनामा ५० गुणा द्रुत डाउनलोड गति दिने कम्पनीको दाबी छ।