चर्चित स्टारहरुले भरिएको नेपाली चलचित्र एक्स ९ कस्तो बन्ला त ? — OSNepal

चर्चित स्टारहरुले भरिएको नेपाली चलचित्र एक्स ९ कस्तो बन्ला त ?

LC (KTM) September 12, 2021 0

यतिबेला मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको फिल्म ‘एक्स ९’ एकदमै चर्चाको शिखरमा रहेको छ । कारण यो हो कि यस फिल्ममा एकदमै हिट कलाकारहरुले आफ्नो दमदार अभिनय दिने भएका छन् । साथै यो फिल्मको बजेट पनि एकदमै ठुलो रहेको छ ।

सानो लगानीमा बन्ने नेपाली चलचित्रको एउटा नयाँ मोड दिने पक्का भएको छ चलचित्र एक्स ९ ले । यो फिल्मको छायांँकनमा जानु अघि नै कलाकारका लागि मात्र ठुलै लगानी गरेको प्रष्ट छ । यस फिल्ममा अहिले निक्कै चर्चा कमाएका कलाकारहरु अनमोल केसी , सौगात मल्ल, पुष्प खड्का, राज कटुवालले एउटै पर्दामा आफ्नो अभिनय प्रस्तुत गर्दैछन् ।

अब फेरी यस फिल्मको निर्माण पक्षले अर्का भर्खरै चर्चा कमाउन सुरु गरेका कलाकार नबिन लम्साललाई पनि अनुबन्धित गरेको छ । नबिनले यसअघि राहदानी,कारखाना लगायतको फिल्ममा अभिनय गरीसकेका छन् ।

यसअघि अनुबन्धित भईसकेको हाकु काले सौगात, अनमोल, पुष्प र राजले एक्सन र जिमको ट्रेनिङ समेत लिई रहेका छन् । यतिमात्र हैन यस चलचित्रमा बलिउडका चलेका कलाकार लाई भित्र्याउने प्रयास भईरहेको छ ।

फिल्म निर्माण पक्षले सुनील सेट्टी, सोनू सूद लगायतका कलाकार संग भिलेनको भूमिका निर्बाह गर्नका लागि अफर गरिसकेको छ । तर फिक्स भने भईसकेको छैन । यसैका लागि निर्देशकसहितको टोली यतिबेला भारतमा रहेर आफ्नो काम गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर