नर्भिक अस्पतालमा नाक, कान, घाँटीको निःशुल्क परीक्षण हुने



काठमाडौँ । काठमाडौंको थापाथलीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटलले नाक, कान र घाँटीको निःशुल्क परीक्षण गर्ने भएको छ। विश्व श्रवण दिवसका अवसरमा आउँदो आइतबार नर्भिकले नाक, कान र घाँटीको निःशुल्क परीक्षण गर्ने भएको हो ।नर्भिकले ‘आफ्नो श्रवण शक्ति जाँचौँ’ भन्ने मूल नाराका साथ नाक, कान, घाँटीका बिरामीहरुका लागि निःशुल्क परीक्षण गर्ने भएको हो ।

नर्भिकको नाक–कान–घाँटी विभागले आइतबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कान सम्बन्धी समस्याहरूको निःशुल्क जाँच तथा परामर्श सेवा उपलब्ध गराउने जनाएको छ ।

Comment