पाकिस्तान सुपर लिग क्रिकेट सकेर मंगलबार स्वदेश आउँदै सन्दीप, लगत्तै आइपीएल खेल्न भारत जाने



काठमाडौँ । चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछाने आज स्वदेश फर्किदैछन् । पाकिस्तान सुपर लिग क्रिकेट ९पीएसएल० खेलेर सन्दीप लामिछाने मंगलबार दिउँसो साढे ३ बजे स्वदेश आइपुग्नेछन् । लाहोर कलन्दर्सबाट खेलेका सन्दीपले टिमका १० खेलमध्ये सात खेलमा सहभागिता जनाए । अस्ट्रेलियामा भएको बिग ब्याशको फाइनलसम्म खेलेका सन्दीपले त्यसपछि पीएसएल खेल्न यूएई गएका थिए ।यूएईमा पाँच खेलेपछि पीएसएलका बाँकी खेल पाकिस्तानमा भएका थिए ।

जसका लागि पाकिस्तान आइपुगेका सन्दीपको टिम लाहोर हिजो सम्पन्न अन्तिम खेलमा मुल्तान सुल्तान्ससँग ७ विकेटले पराजित भएको थियो । मुल्तानविरुद्धको खेलमा २ ओभर मात्र बलिङ गरेका सन्दीपले २७ रन खर्चिए पनि विकेट भने लिन असफल भए । समग्रमा सात वटा खेलमा सहभागिता जनाएका सन्दीपले आफ्नो प्रतियोगिताभर ११ विकेट हात पार्न सफल भए । यसैबिच आज दिउसो साडे ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगे पनि सउन्दिप लगत्तै भारत जाने छन् । २३ तारिखदेखि आईपीएल सुरु हुने भएकाले सन्दिप तत्कालै भारत जाने तयारीमा रहेको बताइन्छ । आईपीएलमा उनी यस सिजनमा पनि दिल्लीबाट नै खेल्नेछन् ।

Comment