आमाको मृत्युको बदला लिए लोकबहादुरले — OSNepal

आमाको मृत्युको बदला लिए लोकबहादुरले

LC (KTM) September 13, 2021 0

किमाथाङ्का, २७ भदौ ९रासस० स् सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा एकै परिवारको छ जनाको हत्यामा संलग्न आरोपितले दाउराको चिर्पट प्रहार गरेर हत्या गरेको खुलेको छ । हत्यामा संलग्न आरोपी २६ वर्षीय लोकबहादुर कार्कीले छ जनाको हत्या चिर्पट प्रहारबाट गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।

आइतबार इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गर्दै प्रहरीले यसबारे जानकारी गराएको हो । लोकबहादुरले सबैभन्दा पहिले ठूलो बुबा तेजबहादुरलाई नै चिर्पटले हानेर हत्या गरेको प्रहरीलाई बयान दिएको प्रदेश नम्बर १ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुण बीसीले पत्रकार सम्मेलनका जानकारी दिनुभयो । तेजबहादुरका भतिज लोकबहादुरले पछाडिबाट चिर्पट दाउराले टाउकोमा प्रहार गरेर ढलाएका थिए । तेजबहादुरको हत्या गरेको घटना देख्ने सबैलाई मार्ने योजना बनाएको प्रहरीसमक्ष बयान दिएको नायब महानिरीक्षक बीसीले बताउनुभयो ।

लोकबहादुरले पटक–पटक चिर्पट प्रहार गरेपछि तेजबहादुरले हारगुहार गरेको आवाज सुनेपछि तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जनासमेत घटनास्थलतर्फ आएका थिए । सोही क्रममा लोकबहादुरले उनीहरुमाथि पनि लगातार चिर्पट प्रहार गरेर हत्या गरेको बयान दिएको बीसीले बताउनुभयो । लोकबहादुरले घरमाथि बाटोमा आएका दुई जना नाबालक दिपेन र गोमालाई पनि लखेटी लखेटी हत्या गरेका थिए ।

त्यसपछि घरको पछाडि खोले पकाउँदै गरेकी हजुरआमा पार्वता कार्कीलाई समेत भित्तामा पटक–पटक टाउको ठोक्काएर हत्या गरेर घरतर्फ लागेको प्रहरी समक्ष बयान दिएका थिए । लोकबहादुरले हत्या घटनामा प्रयोग गरेको चिर्पट कुँडो पकाउने अगेनामा हाली नष्ट गरेको बताएका थिए । शुक्रबार रातिदेखि सूक्ष्म अनुसन्धान गर्दै सोधपुछ गरेपछि शनिबार बिहान आरोपीले घटनामा आफ्नो संलग्नता स्वीकार गर्दै आफ्नो ‘टार्गेट’मा तेजबहादुर मात्रै रहेको बताएका थिए ।

घटनामा संलग्न देखिएका लोकबहादुर तीन पटक वैदेशिक रोजगारीमा पनि गएको तर लामो समय काम गर्न नसकी नेपाल फर्किएका थिए । लोकहदुरलाई ठूलो बुबा तेजबहादुरले पटक–पटक गाली गर्ने गरेका कारण रिसले उनको हत्या गरेको बताएका छन् ।

व्यक्तिगत रिसइबीका कारण

एक वर्षअघि लोकबहादुरकी आमा तेजबहादुरको घरमा लडेकी थिइन् । उनको आमा बेहोस भएपछि उपचारका क्रममा झापामा मृत्यु भएको थियो । लोकबहादुरले आफ्नी आमाको मृत्युको कारण तेजबहादुर नै भएको आरोप लगाउँदै आएका थिए । तेजबहादुर र लोकबहादुरको घर करिब १०० मिटरको दूरीमा छ । गत सोमबार बिहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई बाटोमै कुरेर बसेका लोकबहादुरले आक्रमण गरेर हत्या गरे । छ जनाको हत्यामा स्थानीय चिनेजानेकै व्यक्तिको हात हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको थियो । सोही आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरीले लोकबहादुरलाई पक्राउ गरेको हो । लोकबहादुरले पनि व्यक्तिगत रिसइवीका कारण हत्या गरेको स्वीकार गरिसकेका छन् ।

हत्या गरिएका तेजबहादुरले सधैँ आपूmलाई हेप्ने गरेका कारण आवेगमा आएर हत्या गरेको आरोपी लोकबहादुरले प्रहरीलाई बताएका छन् । लोकबहादुरले निर्दोष देखिनका लागि छिमेकीलाई हत्याको खबर सबैभन्दा पहिले पु¥याएका थिए । प्रहरीको निगरानीमा रहेका लोकबहादुरको घरमा रगत लागेको कपडा र हत्यामा प्रयोग गरिएकोजस्तो देखिने हतियार प्रहरीले फेला पारेको थियो । घटनाको अनुसन्धानमा प्रदेश नम्बर १ का प्रहरी प्रमुख नायब महानिरीक्षक बीसी, सङ्घीय प्रहरी एकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहाल र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० टोलीका प्रहरी नायब उपरीक्षक रुगम कुँवर, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदी घटनास्थलमा खटिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर