संतोष कुँवर र पूर्वप्रधानमन्त्री लेकेन्द्र चन्द बिच भेटघाट, कुनैपनि चोटपटक नलागेको पुष्टि



एच.बी ताम्राकार , ओएसनेपाल ।मिती २०७५/१२/१५ गतेका दिन नयाँ बानेश्वर स्थित ५:४५ बजे तिर सुरक्षामा रहेको भ्यान र बा.४५.प.२९३४ नम्बरको एउटा स्कुटर दुईवटा गाडीको बिचमा परेर आतिएर भ्यानको पछिल्लो भागमा ठोकिँदै लडेको थियो ।त्यसका चालक संतोष कुँवर लगत्तै उठि हिडेको कुरा १६ गते सुरक्षा कर्मीले सम्माननिय पूर्वप्रधानमन्त्री लोकोन्द्र चन्दलाई जानकारी गराउनु भएको थियो ।

यसमा पूर्वप्रधानमन्त्री अनविज्ञ थिए तर विभिन्न फेस्बुक,मिडियाहरु मा चन्द बारेमा विभिन्न नराम्रा कमेन्ट देखिए ।यसै बिषयमा बुझ्न पूर्वप्रधानमन्त्री चन्द संग ओएसनेपालको स्टूडियो जापानबाट एचबी ताम्राकारले सिधा सम्पर्क गर्नु भएको थियो ।तर बाहिर समाचार जुन ढंगले प्रस्तुत भए त्यो सब गलत भएको पुष्टि भएको छ ।संतोष कुँवर आफै भेट्न आएको र कुनै किसिमको चोटपटक नलागेको जानकारी दिनुभएको छ ।

यस घटनालाई लिएर पूर्वप्रधानमन्त्री दुखित भएको कुरा मसंग को विशेष संवादमा जानकारी दिनुभएको हो। साथै स्कुटरमा सवार ब्याक्ती संतोष कुँवर र पूर्वप्रधानमन्त्री चन्द बिच भेटघाट भएको छ ।स्कूटर सवार कुँवर ले आफुलाई कुनैपनि चोटपटक नलागेको भनेपछी पूर्वप्रधानमन्त्री चन्द हर्षित भएको जानकारी कुँवर स्वयमले दिनुभएको छ ।

Comment