मनकामनामाइले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल



सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रम सम्वत २०७५ साल चैत्र १९ गते भौमबार नेपाल सम्बत ११३९ चिल्लागा तदनुसार सन् २०१९ अप्रिल २ तारिक कृष्णपक्ष द्वादशी तिथि विहान ८ वजेर ५३ मिनेटसम्म उप्रान्त त्रयोदशी तिथि,शतभिषा नक्षत्र राती १ वजेर ३ मिनेटसम्म उप्रान्त पूर्वभाद्रा नक्षत्र,शुभयोग,तैतिल करण,आनन्दादियोग मृत्यु,सूर्य मीन राशीमा,चन्द्रमा कुम्भ राशीमा । योगिनी विहान ८ वजेर ५३ मिनेटसम्म नैऋत्य उप्रान्त दक्षिण दिशामा,काल राहु पश्चिम र पाश पूर्व दिशामा,चन्द्रमा पश्चिम दिशामा ।
यात्र र युद्धमा सम्मुख काल पाश पार्नु हुदैन । काल दाहिने र पाश देव्रे शुभ हुन्छ । जुवा खेल्न,बहस गर्न,यात्रा र सङ्ग्राममा सम्मुख योगिनी वर्जित छ भने आफ्नो राशिमा चन्द्रमा हुदा यात्रा,युद्ध,विवाह,क्षौर कर्म र गृहप्रवेश गर्नु उचित मानिन्न । यात्रा गर्दा विशेष गरेर स्त्री जातिको लागि दाँया र सम्मुख शुक्र अशुभ मानिन्छ ।

मुहूर्त
शुभ अभिजित मुहूर्तः– पूर्वान्ह ११ वजेर ४३ मिनेटबाट मध्यान्ह १२ वजेर ३२ मिनेटसम्म रहनेछ । सामान्य गुली काल मुहूर्तः– मध्यान्ह १२ वजेर ८ मिनेटबाट अपरान्ह १ वजेर ४१ मिनेटसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–अपरान्ह ३ वजेर १४ मिनेटबाट ४ वजेर ४७ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–विहान ९ वजेर १ मिनेटबाट १० वजेर ३४ मिनेटसम्म रहनेछ । अशुभ दूरमुहूर्तः–विहान ८ वजेर २४ मिनेटबाट ९ वजेर १४ मिनेटसम्म र राती २२ वजेर ५८ मिनेटबाट ११ वजेर ४८ मिनेटसम्म रहनेछ ।

बार वेला
सूर्योदयबाट प्रातः ७ वजेर २९ मिनेटसम्म रोग वेला,७ वजेर २९ मिनेटबाट ९ वजेर २ मिनेटसम्म उद्वेग वेला,९ वजेर २ मिनेटबाट १० वजेर ३५ मिनेटसम्म चर वेला,१० वजेर ३५ मिनेटबाट १२ वजेर ८ मिनेटसम्म लाभ वेला,१२ वजेर ८ मिनेटबाट १ वजेर ४१ मिनेटसम्म अमृत वेला,१ वजेर ४१ मिनेटबाट ३ वजेर १४ मिनेटसम्म काल वेला,३ वजेर १४ मिनेटबाट ४ वजेर ४७ मिनेटसम्म शुभ वेला र ४ वजेर ४७ मिनेटबाट सूर्यास्तसम्म रोग वेला रहनेछ ।

बार वेला
सूर्यास्तबाट ७ वजेर ४७ मिनेटसम्म काल वेला,७ वजेर ४७ मिनेटबाट ९ वजेर १४ मिनेटसम्म लाभ वेला,९ वजेर १४ मिनेटबाट १० वजेर ४१ मिनेटसम्म उद्वेग वेला,१० वजेर ४१ मिनेटबाट १२ वजेर ८ मिनेटसम्म शुभ वेला,१२ वजेर ८ मिनेटबाट १ वजेर ३५ मिनेटसम्म अमृत वेला,१ वजेर ३५ मिनेटबाट ३ वजेर २ मिनेटसम्म चर वेला,३ वजेर २ मिनेट बाट ४ वजेर २९ मिनेटसम्म रोग र ४ वजेर २९ मिनेटबाट सूर्योदयसम्म काल वेला रहनेछ ।

मेषः–आम्दानीलाई वचतमा परिवर्तन गर्नु होला । खर्च नियन्त्रण गर्नु भएन भने पछि समस्यामा परिनेछ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । आफन्तजनबाट वोलीको सहयोग पाईनेछ । आएको अवसरको सदुपयोग गर्नुहोला । शत्रु कमजोर बन्नेछन् । नोकरी तथा राजनीतिबाट फाइदा लिन सकिनेछ ।

वृषः– कार्य प्रगतिका दृष्टिले दिन उत्तम नै देखिन्छ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । काम गर्दा नाम र दाम दुवै मिल्नेछ । पठन पाठनमा प्रगति हुनेछ । कुरा काट्नेहरु समर्थनमा आउने छन् । सामाजिक क्षेत्र लगाएतका ठाँउबाट मान सम्मान मिल्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् ।

मिथुनः– आध्यात्मिक चिन्तन बढ्नेछ । अरुको भलाईमा दिन व्यतित नहोला भन्न सकिन्न । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न । फलदायी यात्राको सम्भावना देखिन्छ । नोकरी तथा राजनीतिबाट सन्तुष्टि कम मिल्नेछ । पढाई लेखाईमा भने थोरै प्रगति हुनेछ । आर्थिक कारोवारमा भने विशेष ध्यान दिनुहोला ।
कर्कटः– अकल्पनीय कुरा हुनसक्छन् । पौराणिक कुरा नष्ट हुनसक्छन् । सयोग गर्ने भन्द खुट्टो तान्नेको संख्या बढि हुनेछ । काम गर्ने बातावरण त्यति सहज देखिदैन । भाग्यले कम साथ दिनेछ । मानसिक तनाव बढ्न सक्छ । जोखिम मोलेर नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । पारिवारिक सुखमा कमि आउने देखिन्छ ।

सिंहः– दामपत्य जीवनमा सुख शान्ति छाउने छ । देश,देशान्तरका उद्योग,धन्दा बन्द व्यापारबाट लाभान्वित हुनुहुनेछ । आर्जित धनलाई वचतमा परिणत गर्न गाह्रो हुनेछ । जीवन साथीको सहयोगमा महत्वपूर्ण काम हुनेछन् । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । लोभ मोह बढ्नेछ । काममा ढिला सुस्ति नगर्नु होला ।

कन्याः– महत्वकाँक्षा जाग्नेछ । गोपनियता अप्नाएर कार्य योजना अगाडि बढाउनु होला । सहज रुपमा काम गर्न दिने छैनन । स्त्री एवं सन्तानको चिन्ताले छोड्ने छैन । मेहनतका साथ गरेका काम सफल हुनेछन् । धन दिने काम नगर्नु होला । मातृ सुखमा कमि आउनेछ । विरोधीसँगको लडाईमा विजय प्राप्त होला । आम्दानी हुनेछ ।

तुलाः– समस्या केहि घट्ने छन् । आत्मज्ञान बढ्नेछ । सवैलाई आफ्नो नठान्नु होला । दूर्जनका कारण धन खर्च हुनेछ । पढाई लेखाईमा मन जानेछ । वौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ । सन्तान सुख मिल्नेछ । स्त्रीको सहयोग लिएर काम गर्दा केहि सहज हुनेछ । घर वाहिर बढि आनन्द मिल्नेछ । मातृ सुखमा कमि आउनेछ ।

वृश्चिकः– अनुकुल बातावरणमा काम गर्न पाईने छैन । विभिन्न समस्याले घेर्नेछ । घरका कुरा धेरै गर्नु पर्ला । घरयासी प्रयोजनको लागि समान खरीद गर्नु पर्ला । मनमा एक प्रकारको चिन्ताले बास गरि रहनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा खरावी हुनसक्छ । धार्मिक काममा धन खर्च हुनेछ । दया मायाँ गर्नेको संख्या कम हुनेछ ।

धनुः– सामान्यतया ग्रह गोचर अनुकुल देखिन्छ । उद्योग,पराक्रम बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी राम्रो हुनेछ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । काम गरेर अरुबाट प्रशंसा भने पाईने छैन,उल्टो कुरा काट्ने छन् । राजनीति लडाईमा जीत हुनेछ । आर्थिक कारोवार गर्दा चनाखो हुनुहोला । अरुको भर धेरै नपर्नु होला ।

मकरः– पूजा आचा धर्म कर्ममा मन जानेछ । ऋण लगानी नगर्नु होला डुब्न सक्छ । इष्टमित्र साथी भाईमा अल्प प्रेम होला । हृदयबाट सहयोग गर्ने कोहि हुने छैन । विवाद देखि टाढा बसी आफ्नो काममा दत्तचित्त भएर लाग्नुहोला । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । मनमा भ्रम पालेर नबस्नु होला ।

कुम्भः– काम गर्ने उत्साहा बढ्नेछ । काममा देखिएका समस्या कम भएर जाने छन् । अनावस्यक खर्चमा कमी आउने छ । व्यापार व्यवसायमा सुधार आउनेछ । आम्दानी बढ्नेछ । भोज भतेर,धार्मिक कार्यमा सहभागि हुन पाईनेछ । नोकरी तथा राजनीतिमा अधिकारको खोजी हुनेछ । उधारो कारोवार भने नगर्नु होला । वचतमा जोड दिनुहोला ।

मीनः– प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । पढाई लेखाईमा सन्तोषजनक प्रगति हुने छैन । उपलब्धिका काम ओझेलमा पर्नेछन् । व्यापार व्यवसायमा गिरावट आउनेछ । अनावस्यक खर्च बढ्नेछ । परिवारको स्वस्थ्यमा समस्या आउनेछ । जोखिम मोलेर कुनै काम नगर्नु होला । मिथ्या कुराले सताउनेछ । झुट्टा आरोप लाग्न सक्छ ।

Comment