‘सहकारीलाई अनुदान दिइन्छ’



२० चैत – भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आर्थिक रुपान्तरणका लागि व्यावसायिक रुपमा लागेका सहकारीलाई सरकारले प्रोत्साहनस्वरुप अनुदान उपलब्ध गराउने बताउनुभएको छ । ६२ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री अर्यालले छरिएका स–सना पूँजीलाई सङ्कलन गरी उत्पादनमूलक क्षेत्रमा लगानी गरेका सहकारीले समग्र मुलुकको समृद्धिमा सहयोग पु¥याउने बताउनुभयो ।

सहकारीमा आबद्ध जनशक्तिलाई सीपमूलक तालीम दिएर उत्पादनमा लगाउन आग्रह गर्दै उहाँले अहिले सहकारीको सङ्ख्या आवश्यकताभन्दा धेरै भएकाले समस्या आइरहेको हुँदा त्यसको एकीकरण गर्ने कार्यमा मन्त्रालय अगाडि बढेको बताउनुभयो । अहिले भएका सहकारीको सङ्ख्यालाई ५० प्रतिशतले कटौती गरिने बताउँदै उहाँले भन्नुभयो, “सहकारीको सङ्ख्या अहिले अत्यधिक छ । यसलाई मर्जर गर्ने अभियानमा हामी लागेका छौँ । आगामी पाँच वर्षमा सहकारी आधाले कमी गरिनेछ ।”रासस

Comment