मध्यपुर थिमि नगरपालिकाको सहयोगमा आगामी शनिबार प्रथम मिष्टर मध्यपुर शारीरिक सुगठन प्रतियोगीता हुने



स्वास्थ्य नै धन हो भन्ने मुल नारालाई आधार बनाएर मध्यपुर शारीरिक सुगठन तथा फिट्नेस समितिले मध्यपुर थिमि नगरपालिकाको सहयोगमा आगामी शनिबार प्रथम मिष्टर मध्यपुर शारीरिक सुगठन प्रतियोगीता २०७५ु गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै उक्त्त समितिले कार्यक्रम २३ गते शनिबार फाइनल गर्ने घोषण गरेको छ ।

४ वटा वजन समुह अन्तर्गत खेलाईने उत्त खेलमा ५५,६० र ६५ के।जी भन्दा माथिको तौल समुह विच प्रतिसपर्धा गराइने छ । खेलले आफ्नो फाइनल राउन्ड चैत्र २३ गतेलाई तोकेको छ । ६ लाख ९० हजारको अनुमानित बजेटमा काम हुन लागेको उत्त प्रतिस्पर्धामा प्रथम,द्धितिय तथा तृतिय हुनेलाई क्रमशःस्वर्ण,रजत तथा काष्य पदक एव्म प्रमाण पत्रले सम्मानित गरिनेछ । त्यस्तै नगतको रुपमा २५,२०,१५ र १० हजार प्रदान गरीनेछ । प्रतिस्पर्धालाई भादँगाउ टेलिभिजनले प्रत्यक्ष रुपमा प्रशारण गर्नेछ ।

Comment