पोखरामा फुलमालाले पुरीएका गायक प्रमोद खरेलले, भने ‘जीवनकालकै ऐतिहासिक कार्यक्रम बन्यो, खुशी छुु



ओएसनेपाल, पोखरा । हुन त प्रमोद खरेल पोखराका होइनन् र पनि उनी पोखरासँग विशेष चिनारी बोकेर हिँडिरहेका छन् । जब उनी ‘म बिना कसै–कसैलाई मुश्किल छ पोखरामा’ बोलको गीतबाट जोडीए त्यसपछि उनलाई पोखरेलीले हेर्ने र उनले पोखरालाई हेर्ने दुरी झन् झन् घट्दै गयो र आज फेरी प्रेमोद पोखरामा भेटीए । पोखराकै गीतकार शितल गिरीले लेखेको यो गीतले आजको कार्यक्रममा पनि विशेष प्राथमिकता पायो ।

प्रमोदले त्यही गीत गाए । शुरुवातमै पोखरेलीको ध्यान खिचिहाले । माइक समात्दै प्रमोदले थपे,–‘म कहिल्यै गीत गाउँदा आफू मात्र हिट हुनुपर्छ भन्ने मान्यता राख्दिन । गीतसँग जोडिएका हरेक स्रष्टाले उत्तिकै चर्चा कमाउनुपर्छ भन्ने मेरो धारणा हो । एउटा गीत हिट हुनलाई पर्दा पछाडि धेरैजनाको मेहेनत हुन्छ ।’ प्रमोदले यति भनिसकेपछि अर्को गीत गाउन थाले । माहोल अघि बढ्दै थियो त्यतिकैमा गायिका मिना निरौलाले प्रमोदलाई साथ दिईन् ।

पुराना म्यास–अप गीतमा यी दुईको केमेष्ट्री खुब जमेको थियो । प्रमोदलाई हलमा सुन्न आएका स्रोताहरुको लागि यो विशेष प्याकेज थियो । त्यसैमाथि अर्का हाँस्य कलाकार मनोज गजुरेलले उपस्थित दर्शकहरुलाई हँसाएको क्षण अझ रमाइलो बन्यो । एभिन्यू ग्रुप अफ कमर्शको आयोजनामा भएको कार्यक्रमलाई प्रमोदले जीवनकालकै ऐतिहासिक कार्यक्रमको रुपमा आँफुले लिएको बताए ।

किनकी प्रमोदसँग सो अवसरमा उनका बाबु आमा पनि साथमा नै हुनुहुन्थ्यो । उनले आफ्ना बाआमा स्टेजमा डाके । ‘मेरा बुवाआमा यतैकतै हलमा हुनुहुन्छ । म यतै तल बसेर गीत सुन्नेछु भन्नुभएको थियो । आज म उहाँहरुकै कारण यहाँ उभिएको छु । कृपया उहाँहरुलाई स्टेजमा ल्याइदिनुहोला,’ प्रमोदले यतिभन्दा माहोल भावुक बन्यो । बाआमाको आर्शिवाद लिएर संगीतको उत्सव जमाउन थालेका प्रमोदले अन्तिमसम्मै वाहवाही पाइरहे । जुन दृेश्य अविस्मरणीय बन्न पुग्यो । किनकी उनले अर्को गीत ‘आमा म त सहिद भएछु।।’ सबै भावुक बनेका थिए । सो अवसरमा प्रमोदले २ दर्जन आफ्ना प्रस्तुतीहरु राखे ।

Comment