पशुपतिनाथले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशिफल




सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,परिधावी नाम संवत्सर,शाके १९४१,विक्रमसम्वत २०७६ साल वैशाख २ गते सोमबार नेपाल सम्बत ११३९ चौलाथ्व तदनुसार सन् २०१९ अप्रिल १५ तारिक चैत्र शुक्लपक्ष एकादशी तिथि राती १ वजेर ४१ मिनेट सम्म उप्रान्त द्वादशी तिथि,मघा नक्षत्र राती १ वजेर ४० मिनेटसम्म उप्रान्त पूर्वफाल्गुनी नक्षत्र,गण्डयोग,वणिजकरण, आनन्दादियोग ध्वाँक्ष,सूर्य मेष राशीमा,चन्द्रमा सिंह राशीमा । योगिनी आग्नेय दिशामा,काल राहु वायव्य र पाश आग्नेय दिशामा एवं चन्द्रमा पूर्व दिशामा दिनभर भ्रमण गर्ने छन् ।

यात्र र युद्धमा सम्मुख काल पाश पार्नु हुदैन । काल दाहिने र पाश देव्रे शुभ हुन्छ । जुवा खेल्न,बहस गर्न,यात्रा र सङ्ग्राममा सम्मुख योगिनी वर्जित छ भने आफ्नो राशिमा चन्द्रमा हुदा यात्रा,युद्ध,विवाह, क्षौर कर्म र गृहप्रवेश गर्नु उचित मानिन्न । यात्रा गर्दा विशेष गरेर स्त्री जातिको लागि दाँया र सम्मुख शुक्र अशुभ मानिन्छ ।

मुहूर्त
शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ३८ मिनेटबाट मध्यान्ह १२ वजेर ३० मिनेटसम्म रहनेछ । सामान्य गुली काल मुहूर्तः–अपरान्ह १ वजेर ४० मिनेटबाट ३ वजेर १६ मिनेटसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–विहान ७ वजेर १७ मिनेटबाट ८ वजेर ५३ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–विहान १० वजेर २९ मिनेटबाट मध्यान्ह १२ वजेर ४ मिनेटसम्म रहनेछ । अशुभ दूरमुहूर्तः–मध्यान्ह १२ वजेर ३० मिनेटबाट अपरान्ह १ वजेर २१ मिनेटसम्म र ३ वजेर ३ मिनेटबाट ३ वजेर ५४ मिनेटसम्म रहनेछ ।

दिन बार वेला
सूर्योदयबाट प्रातः ७ वजेर १७ मिनेटसम्म अमृत वेला,७ वजेर १७ मिनेटबाट ८ वजेर ५३ मिनेटसम्म काल वेला,८ वजेर ५३ मिनेटबाट १० वजेर २९ मिनेटसम्म शुभ वेला,१० वजेर २९ मिनेटबाट १२ वजेर ४ मिनेटसम्म रोग वेला,१२ वजेर ४ मिनेटबाट १ वजेर ४० मिनेटसम्म उद्वेग वेला,१ वजेर ४० मिनेटबाट ३ वजेर १६ मिनेटसम्म चर वेला,३ वजेर १६ मिनेटबाट ४ वजेर ५१ मिनेटसम्म लाभ वेला र ४ वजेर ५१ मिनेटबाट सूर्यास्तसम्म अमृत वेला रहनेछ ।

रात्री बार वेला
सूर्यास्तबाट ७ वजेर ५२ मिनेटसम्म चर वेला,७ वजेर ५२ मिनेटबाट ९ वजेर १६ मिनेटसम्म रोग वेला,९ वजेर १६ मिनेटबाट १० वजेर ४० मिनेटसम्म काल वेला,१० वजेर ४० मिनेटबाट १२ वजेर ५ मिनेटसम्म लाभ वेला,१२ वजेर ५ मिनेटबाट १ वजेर २९ मिनेटसम्म उद्वेग वेला,१ वजेर २९ मिनेटबाट २ वजेर ५३ मिनेटसम्म शुभ वेला,२ वजेर ५३ मिनेटबाट ४ वजेर १८ मिनेटसम्म अमृत र ४ वजेर १८ मिनेटबाट सूर्योदयसम्म चर वेला रहनेछ ।

राशीफल
मेषः– योजना अनुसारको काम गर्न सकिने छैन । कामको विचमा अलमल बढि हुनेछ । पठन पाठन कार्यमा अवरोध आउन सक्छ । समस्याको भूमरीबाट उम्किन ठुलै प्रयत्न गर्नु पर्नेछ । व्यापार व्यवसायबाट उचित प्रतिफल मिल्ने छैन । नोकरी र राजनीतिबाट खासै उपलब्धि हात लाग्ने छैन । आर्थिक विषय बस्तुले बढि पिरोल्ने छ ।

वृषः– कार्य लगनशिलता घट्नेछ शारीकि शिथिलता बढ्नेछ । सुख,शान्तिमा कमि आउनेछ । इच्छा विपरित काम हुदा तनाव बढ्नेछ । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ । घरयासी खर्चमा वृद्धि हुनेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । पढाई लेखाईमा सन्तोषजनक प्रगति हुनेछैन । सवैलाई विश्वास गर्नु गलत हुनेछ ।

मिथुनः– उद्योग पराक्रम बढ्नेछ । आफ्नै पहलमा पुराना समस्या समाधान हुनेछन् । नयाँ काम हात पार्नको लागि ठुलै कसरत हुनेछ । काममा स्थायीत्व दिनु पर्ने देखिन्छ । उद्योग धन्दा बन्द व्यापारबाट आय आर्जन बढ्नेछ । आर्थिक कारोवारमा भने चनाखो रहनु होला । सहयोग गर्ने भन्दा माग्ने बढि हुनेछन् । साझेदारी काम नगर्नु होला ।

कर्कटः–कुराले ठीक्क पार्ने धेरै हुनेछन् तर वास्तविक सहयोग गर्ने कोहि हुने छैनन । अस्थिरताले आफुलाई कमजोर बनाउनेछ धैर्यता नतोड्नु होला । आर्थिक क्षेत्रमा सामान्य सुधार आउनेछ । व्यवसायमा लगानी नबढाउनु होला । कामबाट सामान्य लाभ होला । अन्योललाई चिरेर अगाडि बढ्नु पर्ने देखिन्छ । यत्नपूर्वक गरेका काम सफल हुनेछन् ।

सिंहः– गलत चिन्तनको अवसान हुनेछ । कार्य लगनशिलता र पारदर्शिता बढ्नेछ । भोज भतेर तथा सभा सम्मेलनमा भाग लिनको लागि निम्तो पत्र आउनेछ । लगानी अनुसारको व्यापार व्यवसायबाट आम्दानीम हुनेछ । बाह्य सम्बन्धमा सुधार आउनेछ । चुनौति सामना गर्ने सामथ्र्यता बढ्नेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

कन्याः– विना उपलब्धिका काममा समय र धन लगानी हुनेछ । अनावस्यक विवाद पर्न सक्छ सचेत रहनुहोला । व्यापार व्यवसायमा गिरावट आउनेछ । आवेगमा आएर कुनै निणर्य नगर्नु होला क्षति धेरै हुनसक्छ । व्यर्थको घुमाई फिराई हुनेछ । मिथ्या अरोप लाग्न सक्छ । जोखिम मोलेर काम नगर्नु होला । विश्वास पात्रबाट धोका हुनेछ ।

तुलाः– आफ्ना समस्या आफै भित्रबाट समाधान खोज्नु होला । अरुको शरणमा गएर केहि मिल्ने छैन । आफन्तबाट सामान्य सहयोग मिल्नेछ । आय आर्जनका दृष्टिले दिन उपलब्धिपूर्ण रहला । गरेका काम उदारणीय हुनेछन् । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घरमा पारिवारिक जमघट बढ्नेछ ।

वृश्चिकः– गतिरोध हट्नेछ । पुराना समस्या समाधान हुनेछन् । भाग्यले साथ दिनेछ कर्म गर्न पछि नपर्नु होला । कुरा सुन्नु अरुको काम गर्नु मनको भन्ने कुरालाई स्मरण गर्नु होला । आर्थिक कारोवारमा भने थोरै सतर्क रहनु होला । नोकरी तथा राजनीति गतिविधि बढ्ने छन् । वौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ । सामाजिक उत्तरदायित्व बढ्नेछ ।

धनुः– समयले पूर्ण साथ दिने छैन तर सुधारोन्मुख देखिन्छ । मानसिक तनावमा थोरै कमि आउनेछ । अरुको काममा समय बढि दिदा उपलब्धिका आफ्ना काम ओझेलमा पर्ने छन् । सकरात्मक सोचको विकाश हुनेछ । गुमेको आस्था र विश्वास पलाउनेछ । व्यापार व्यवसायमा आएको मन्दि कायम नै रहनेछ । आर्थिक कारोवारमा सचेत रहनुहोला ।

मकरः– समयले साथ दिने छैन । आशा भरोसा निरासामा परिणत हुने देखिन्छ । दैनिक काम काजमा अवरोध आउनेछ । काम गर्ने जोश जागर घट्नेछ । परिवारमा मनमुटाव बढ्न सक्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ । अहार विहारका कारण स्वास्थ्य कमजोर हुनेछ । अरुको विश्वास र भरोसामा काम गर्दा धोका खाईनेछ । चिन्ताले छोड्ने छैन ।

कुम्भः– ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ समयको सदुपयोग गर्नु होला । थोरै प्रयत्न गर्नु भयो भने सपनाहरु सकार पार्न सकिनेछ । स्वव्यवसायबाट आय आर्जन थोरै बढ्नेछ । साथि भाई तथा इष्ट मित्रबाट सामान्य सहयोग पाईनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

मीनः–मान्छे चिनेर व्यवहार गर्नु नत्र पछि दुःख पाईनेछ । साना साना भन्दा साना काम सफल गर्न ठुलै मेहनत गर्नु पर्नेछ । कार्य गोपनियता आवस्यक देखिन्छ । मनलाई नियन्त्रण गरेर कर्म क्षेत्रमा प्रवेश गर्नु होला । व्यापार व्यवसायमा विस्तारै सुधार आउने देखिन्छ । इज्जतको ख्याल राख्नु होला । अन्तिममा परिश्रमको प्रतिफल मिल्नेछ ।
(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु )। नोटः–यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो –पंडित श्रीकण्ठ सुराचार्य ।

Comment
error: Content is protected !!