पशुपतिनाथले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस आजको राशीफल



सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

आजको पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,परिधावी नाम संवत्सर,शाके १९४१,विक्रमसम्वत २०७६ साल वैशाख ९ गते सोमबार नेपाल सम्बत ११३९ चौलागा तदनुसार सन् २०१९ अप्रिल २२ तारिक कृष्णपक्ष तृतीया तिथि अपरान्ह १ वजेर ५० मिनेटसम्म उप्रान्त चतुर्थी तिथि,अनुराधा नक्षत्र साँझ ७ वजेर १५ मिनेटसम्म उप्रान्त ज्येष्ठा नक्षत्र,व्यतिपातयोग,भद्राकरण, आनन्दादियोग मानस,सूर्य मेष राशीमा,चन्द्रमा वृश्चिक राशीमा ।

शुभ अशुभ मुहूर्त
अशुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ३७ मिनेटबाट मध्यान्ह १२ वजेर २८ मिनेटसम्म रहनेछ । सामान्य गुली काल मुहूर्तः–अपरान्ह १ वजेर ४० मिनेटबाट ३ वजेर १७ मिनेटसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–विहान ७ वजेर १२ मिनेटबाट ८ वजेर ४९ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–विहान १० वजेर २६ वजेबाट मध्यान्ह १२ वजेर ३ मिनेटसम्म रहनेछ । अशुभ दूरमुहूर्तः–मध्यान्ह १२ वजेर २८ मिनेटबाट अपरान्ह १ वजेर २० मिनेटसम्म र ३ वजेर ४ मिनेटबाट ३ वजेर ५६ मिनेटसम्म रहनेछ

शुभ अशुभ दिनबार वेला
सूर्योदयबाट प्रातः ७ वजेर १२ मिनेटसम्म अमृत वेला,७ वजेर १२ मिनेटबाट ८ वजेर ४९ मिनेटसम्म काल वेला,८ वजेर४९ मिनेटबाट १० वजेर २६ मिनेटसम्म शुभ वेला,१० वजेर २६ मिनेटबाट १२ वजेर ३ मिनेटसम्म रोग वेला,१२ वजेर ३ मिनेटबाट १ वजेर ४० मिनेटसम्म उद्वेग वेला,१ वजेर ४० मिनेटबाट ३ वजेर १७ मिनेटसम्म चर वेला,३ वजेर १७ मिनेटबाट ४ वजेर ५४ मिनेटसम्म लाभ वेला र ४ वजेर ५४ मिनेटबाट सूर्यास्तसम्म अमृत वेला रहनेछ ।

शुभ अशुभ रात्रीबार वेला
सूर्यास्तबाट ७ वजेर ५५ मिनेटसम्म चर वेला,७ वजेर ५५ मिनेटबाट ९ वजेर १८ मिनेटसम्म रोग वेला,९ वजेर १७ मिनेटबाट १० वजेर ४० मिनेटसम्म काल वेला,१०÷४० मिनेटबाट १२ वजेर ३ मिनेटसम्म लाभ वेला,१२ वजेर ३ मिनेटबाट १ वजेर २६ मिनेटसम्म उद्वेग वेला,१ वजेर २६ मिनेटबाट २ वजेर ४९ मिनेटसम्म शुभ वेला,२ वजेर ३९ मिनेटबाट ४ वजेर १२ मिनेटसम्म अमृत र ४ वजेर १२ मिनेटबाट सूर्योदयसम्म चर वेला रहनेछ ।

शुभ अशुभ राशीफल
मेषः–दिन प्रतिकुल देखिन्छ नयाँ काममा लगानी बढाउनु होला क्षय बढि हुनेछ । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । दैनिक काममा पनि विभिन्न समस्या आउने देखिन्छ । अशुभ समाचारले मनमा चिन्ता थप्ने काम गर्नेछ । सहयोग पाईन्छ भनेका ठाँउबाट पाईने छैन । व्यापारबाट आम्दानी घट्नेछ ।

वृषः– शत्रु कमजोर हुनेछन् । विवादको अन्त्य हुनेछ । मनोबल र कार्य क्षमता बढ्ने छ । आफ्नै पहलमा धेरै काम बन्ने छन् । नयाँ कामको प्रस्ताव आउनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । जीवन साथीको सहयोगमा महत्व पूर्ण काम हुनेछन् । व्यापार व्यवसायमा सम्भावना राम्रै देखिन्छ । आम्दानी बढ्ला ।

मिथुनः– गोपनियता भङ्ग नगर्नु होला आफन्त नै शत्रु हुन सक्छन् । काममा हेलचक्र्याई गरेमा अरुले फाइदा लुट्ने छन् । विना मेहनत फलको आश नगर्नु होला । परिश्रम अनुसारको फल भने पाईने छ । स्वास्थ्यमा थोरै ख्याल राख्नु पर्ने देखिन्छ । आय आर्जन बढ्नेछ । ऋण लगानी नगर्नु उत्तम देखिन्छ । गरेमा सुरक्षित विधि अप्नाउनु होला ।

कर्कटः– मनमा धेरै कुरा खेल्ने छन् । आफ्नै कारण काममा विलम्व हुने छ,जसका कारण अरुले फाइदा लुट्ने सम्भावना रहनेछ । समस्याको घेराबाट बाहिर निस्कने प्रयत्न गर्नु होला । व्यापारमा सामान्य सुधार आउनेछ । कला साहित्यमा अभिरुची बढ्नेछ । पारिवारिक सहयोग थोरै मिल्नेछ । सम्पतिको तृष्णा बढ्नेछ ।

सिंहः–अनुत्पादक क्षेत्रमा समय बढि लगानी हुने देखिन्छ । घरयासी वस्तु खरीदमा धन लगानी बढि होला । व्यवसायिक गतिविधि अझेलमा पर्नेछन् । समयले सोचे जस्तो साथ दिने छैन । काम गर्ने जोश जागर घट्नेछ । मुखको सहयोग गर्ने धेरै हुनेछन् भने व्यवहारिक सहयोग गर्ने कम हुनेछन् । घरमा जमघट बढ्नेछ ।

कन्याः– साहासिक काम हुनेछन् । निर्णय क्षमता बढ्नेछ । तर कुनै पनि कामको बारेमा निर्णय लिदा एकपटक सोचेर लिनुहोला । आफ्नै पहलमा धेरै कामको छिनोफानो हुनेछ । इष्टमित्र साथी भाईको सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । आर्थिक समस्या समाधान भएर जानेछन् ।

तुलाः– पारिवारिक प्रयोजनका लागि बस्तु खरीदमा धेरै पैसा जानेछ । आफन्तको सुझाव सल्लाहा राम्रै मिल्नेछ । काम गर्दा आर्थिक कुरालाई ध्यान दिनु होला । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । हेलचक्र्याई नगरि प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । घर बाहिर बसेर काम गर्दा बढि आनन्द हुनेछ ।

वृश्चिकः– फजुल खर्चमा कमि आउनेछ । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । काम गर्ने जोश जागर बढ्नेछ । काममा सोचे भन्दा राम्रो प्रगति हुनेछ । औषधी चिकित्सा,यान्त्रिक,निर्माण व्यवसाय तथा प्राविधिक कामबाट बढि लाभान्वित हुनुहुनेछ । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । मित्रबाट सहयोग मिल्नेछ ।

धनुः– समय प्रतिकुल देखिन्छ । मनमा गलत विचार जन्मिनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । बन्न लागेका काम विग्रिन सक्छन् सर्तक रहनु होला । शारीरिक दुर्वलता बढ्नेछ । लेनदेन कारोवार विग्रिन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन् । परभाव एवं परबन्धनको सम्भावनालाई नकार्न सकिन्न । अतिथि खर्च बढ्नेछ ।

मकरः– सपना साकार हुने देखिन्छ । नसोचेका ठाँउबाट धन हात पर्न सक्छ । हिजोका असहयोगी आज सहयोगी बनेर आउने छन् । गरेका काम उदाहरणीय हुनेछन् । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन्, आम्दानी पनि बढ्नेछ । जीवन साथीको सहयोग लिएर काम गर्दा बढि सफलता मिल्नेछ । मान्यजनको आशिर्वाद मिल्नेछ ।

कुम्भः– सकरात्मक सोचको विकास हुनेछ । विगतमा देखिएका समस्या विस्तारै समाधान हुनेछन् । विरोधी पनि शरणमा आउने बातावरण बन्ला । काम गर्ने जोश जागर बढ्नेछ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । सामाजिक उत्तरदायित्व बढ्नेछ । मान सम्मान पाईनेछ । व्यापारमा व्यवसायबाट सामान्य लाभ होला ।

मिनः–समयमा क्रमिक सुधार आउने देखिन्छ । गलत विचार मनबाट हट्नेछ । लेनदेन कारोवारमा सामान्य सुधार आउनेछ । स्वास्थ्यम सुधार आउनेछ । यात्राको सम्भावना देखिन्छ । पढाई लेखाईमा थोरै ध्यान जानेछ । धार्मिक विश्वास बढ्नेछ । उपकारी काम हुनेछन् । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ ।