पशुपतिनाथले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल



सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

आजको पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,परिधावी नाम संवत्सर,शाके १९४१,विक्रमसम्वत २०७६ साल वैशाख १० गते भौमबार नेपाल सम्बत ११३९ चौलागा तदनुसार सन् २०१९ अप्रिल २३ तारिक कृष्णपक्ष चतुर्थी तिथि अपरान्ह १ वजेर ४१ मिनेटसम्म उप्रान्त पञ्चमी तिथि,ज्येष्ठा नक्षत्र साँझ ७ वजेर ५३ मिनेटसम्म उप्रान्त मूल नक्षत्र,परिघयोग,बालवकरण, आनन्दादियोग मुद्गर,सूर्य मेष राशीमा,चन्द्रमा साँझ ७ वजेर ५३ मिनेटसम्म वृश्चिक उप्रान्त धनु राशीमा ।

शुभ अशुभ मुहूर्त
अशुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ३६ मिनेटबाट मध्यान्ह १२ वजेर २८ मिनेटसम्म रहनेछ । सामान्य गुली काल मुहूर्तः–मध्यान्ह १२ वजेर ४ मिनेटबाट अपरान्ह १ वजेर ४० मिनेटसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–अपरान्ह ३ वजेर १८ मिनेटबाट ४ वजेर ५५ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–विहान ८ वजेर ४८ मिनेटबाट १० वजेर २७ मिनेटसम्म रहनेछ । अशुभ दूरमुहूर्तः– विहान ८ वजेर ९ मिनेटबाट ९ वजेर १ मिनेटसम्म र राती १० वजेर ५६ मिनेटबाट ११ वजेर ४८ मिनेटसम्म रहनेछ

शुभ अशुभ दिनबार वेला
सूर्योदयबाट प्रातः ७ वजेर ११ मिनेटसम्म रोग वेला,७ वजेर ११ मिनेटबाट ८ वजेर ४८ मिनेटसम्म उद्वेग वेला,८ वजेर४८ मिनेटबाट १० वजेर २७ मिनेटसम्म चर वेला,१० वजेर २७ मिनेटबाट १२ वजेर ४ मिनेटसम्म लाभ वेला,१२ वजेर ४ मिनेटबाट १ वजेर ४१ मिनेटसम्म अमृत वेला,१ वजेर ४१ मिनेटबाट ३ वजेर १८ मिनेटसम्म काल वेला,३ वजेर १८ मिनेटबाट ४ वजेर ५५ मिनेटसम्म शुभ वेला र ४ वजेर ५५ मिनेटबाट सूर्यास्तसम्म रोग वेला रहनेछ ।

शुभ अशुभ रात्रीबार वेला
सूर्यास्तबाट ७ वजेर ५४ मिनेटसम्म काल वेला,७ वजेर ५४ मिनेटबाट ९ वजेर १७ मिनेटसम्म लाभ वेला,९ वजेर १७ मिनेटबाट १० वजेर ४० मिनेटसम्म उद्वेग वेला,१०÷४० मिनेटबाट १२ वजेर ३ मिनेटसम्म शुभ वेला,१२ वजेर ३ मिनेटबाट १ वजेर २५ मिनेटसम्म अमृत वेला,१ वजेर २५ मिनेटबाट २ वजेर ४८ मिनेटसम्म चर वेला,२ वजेर ४८ मिनेटबाट ४ वजेर ११ मिनेटसम्म रोग र ४ वजेर ११ मिनेटबाट सूर्योदयसम्म काल वेला रहनेछ ।

शुभ अशुभ राशीफल

मेषः– कुनै क्षेत्रमा पनि हेलचक्र्याई नगरि काम गर्नु होला । सहज र सरल तरिकाबाट अनुकुल वातावरणमा काम गर्न पाईने छैन । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । आफन्तले धोका दिने छन् । आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ला । अहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ । साँझपख सामान्य सुधार आउनेछ ।

वृषः– समयमा काम नगरे विग्रिने छन् । गरेका काम प्राय सफल हुने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्ने छन् । यात्राको सम्भावनालाई नकार्न सकिन्न । साँझपख खर्चमा वृद्धि हुनेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । काम गर्ने वातावरण विग्रिदै जानेछ ।

मिथुनः– विरोधिको सक्रियताले काममा अप्ठ्यारो पर्न सक्छ सजग भएर काम गर्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुने छन् । व्यापार व्यवसायमा सुधार आउने देखिन्छ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । समयको गति सगै काममा सरलता आउनेछ । शत्रुहरु कमजोर हुदै जानेछन् । आफन्तबाट सहयोग मिल्नेछ ।

कर्कटः– सचेतर भएर काम गर्नु होला । हेलचक्र्याई गरेमा दुःख पाउनु हुनेछ । अनावस्यक चिन्ताले छोड्ने छैन । अरुले भ्रम छर्न सक्छन् विना सोच विचार कहि कतै हात नहाल्नु होला । पढाईमा अप्ठ्यारो हुन सक्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ ।

सिंहः– घरपरिवारमा दुख कष्ट हैरानी हुन सक्छ । काम गर्ने जोश जागर मर्नेछ । व्यापार व्यवसायमा अवनति हुनेछ । बचाएर राखेको धन खर्च हुन सक्ने कुरालाई नकार्न सकिन्न । घरमा अतिथि आउनेछन् व्यवस्थापन गर्न गाह्रो हुनेछ । सहयोग गर्ने कोहि भेटिने छैन उल्टो कुरा काटेर बस्ने छन् ।

कन्याः– अरान्ह पूर्व काममा आशा गरे भन्द बढि सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । काम गर्ने जोश जागर घट्ने छैन । आफन्तबाट सहयोग पाईनेछ । नोकरी तथा राजनीतिमा अवसरको खोेजी होला । अपरान्हबाट भने समयले कम साथ दिनेछ । काममा विभिन्न समस्या आउने संकेत मिल्नेछ । खर्च बढ्नेछ ।

तुलाः– ग्रह,गोचर ठीकै देखिन्छ । दिनको पूर्वान्ह भन्दा अपरान्ह बढि अनुकुल हुनेछ । आफ्ना कुरा आफैमा सिमित राख्नु होला । काम गर्न सके दाम कमाउन सकिनेछ । आफन्त भए पनि धन दिने काम सके सम्म नगर्नु होला । प्रयत्नपूर्वक गरेमा काम सफल हुने छन् । साँझपख कामले गति लिनेछ ।

वृश्चिकः–दुविधा हट्ने छन् । जोश जागरका साथ कर्म क्षेत्रमा लागिनेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । व्यापार व्यवसायमा उन्नति प्रगति हुनेछ । वौद्धिक व्यक्तित्वसँग सामिप्यता बढ्नेछ । आर्थिक कारोवारमा भने सचेत रहनु होला नत्र दिएको धन डुब्नेछ ।

धनुः– समय त्यति अनुकुल देखिन्न नयाँ काममा हात हाल्नु पूर्व एकपटक सोच्नु होला । गरेका कामबाट आफु भन्दा अरु लाभान्वित हुनेछन् । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । व्यर्थको घुमाई फिराई बढि होला । अपरान्ह पछि समयमा सामान्य सुधार अउनेछ ।

मकरः– दिनको अधिकाँश समय अनुकुल नै देखिन्छ । अस्थिर मन लिएर काम नगर्नु होला । परिवारको सहयोगमा काम बन्ने छन् । व्यापार व्यवसायबाट आफुले सोचे भन्दा राम्रो आम्दानी हुनेछ । मनमा भएका भ्रम हटेर जाने छन् । सुखद समाचार मिल्नेछ । साँझपख भने स्वास्थ्यमा समस्या आउन सक्छ ।

कुम्भः– काममा देखिएका समस्या हटेर जानेछन् । कार्य क्षमता र दक्षता बढ्नेछ । धेरै काम सजिलै बन्नेछन् । नोकरी तथा राजनीतिमा आँशिक सफलता मिल्नेछ । विरोधीका कारण लाभान्वित हुनुहुनेछ । आकस्मिक धन हात पर्ने योग छ । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्नेछ । आफन्तहरुबाट सहयोग मिल्नेछ ।

मिनः– समयको गति सगै समयमा सुधार आउनेछ । मानसिक तनावमा कमी आउनेछ । वैदेशिक यात्रा सम्भावनालाई नकार्न सकिन्न । पढाई लेखाईमा थोरै ध्यान जानेछ । अरुका काममा समय बढि दिदा आफ्ना धेरै काम अधुरा रहने छन् । तर साँझपख केहि काम सम्पन्न हुनेछन् । निमन्त्रण आउनेछ ।

Comment