कजाखस्तानमा टोकायेभ राष्ट्रपतिका उम्मेदवार



१० बैशाख – कजाखस्तानको सत्तारुढ दलले कास्सीम–जोमार्ट टोकायेभलाई मङ्गलबार पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारका लागि मनोनयन गरेको छ । आगामी जुनमा कजाखस्तानमा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।कजाखस्तानका संस्थापक नेता नुरसुल्तान नजरबायेभले टोकायेभलाई राष्ट्रपतिका रुपमा अघि सारेपछि सत्तारुढ दलले पनि उहाँलाई नै राष्ट्रपतिको उम्मेदवार चयन गरेको हो ।सत्तारुढ नुर ओटान पार्टीका ६०० भन्दा बढी प्रतिनिधिले टोकायेभको उम्मेदवारीलाई सर्वसम्मत रुपमा पारित गरेका थिए । राजधानी नुर–सुल्तानमा भएको पार्टी भेलामा ७८ वर्षीय संस्थापक नेता नुरसुल्तानले टोकायेभको नाम प्रस्ताव गर्नुभएको थियो ।(रासस-एएफपी)