इंग्लिस प्रिमियर लिग : बर्नलीमाथि एभर्टनको सहज जित — OSNepal

इंग्लिस प्रिमियर लिग : बर्नलीमाथि एभर्टनको सहज जित

LC (KTM) September 14, 2021 0

काठमाडौं, २९ भदौ – इंग्लिस प्रिमियर लिग (इपीएल) मा एभर्टनले बर्नलीमाथि सहज जित निकालेको छ । सोमबार राति गुडसन पार्कमा भएको खेलमा एभर्टनले बर्नलीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन माइकल केन, एन्ड्रोस टाउनसेण्ड र डेमाराई ग्रेले १-१ गोल गरे । बर्नलीका लागि बेनमीले १ गोल गरे ।

खेलमा अग्रता भने भ्रमणकारी टोली बर्नलीले बनाएको थियो । दोस्रो हाफको ५३ मिनेटमा बेनमीले बर्नलीलाई अग्रता दिलाए ।

६० मिनेटमा माइकलले गोल गर्दै घरेलु टोलीलाई १-१ को बराबरीमा ल्याए । बराबर गोल गरेको पाँच मिनेटमै एन्ड्रोसले २-१ को अग्रता दिलाए ।

६६ मिनेटमा ग्रेले एभर्टनको लागि तेस्रो गोल गर्दै ३-१ को जित सुनिश्चित गरे । जितसँगै एभर्टन तालिकाको चौथो स्थानमा उक्लिएको छ । उसको चार खेलबाट १० अंक भएको छ । पराजित बर्नली समान चार खेलबाट एक अंकसहित १८औँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर