रणबीर कपुरसँग ब्रेकअप भएपछि डिप्रेशनमा गएकी थिइन अभिनेत्री दीपीका — OSNepal

रणबीर कपुरसँग ब्रेकअप भएपछि डिप्रेशनमा गएकी थिइन अभिनेत्री दीपीका

LC (KTM) September 14, 2021 0

धेरैलाई लाग्न सक्छ बलिउडका सेलीब्रेटीहरु लाई केहीको टेन्सन नै हुदैन । उनीहरुको लाइफ एकदमै रमाईलो र खुशी हुन्छ भन्ने साधारण मानिसको दिमागमा आउने कुरा हुन् । तर बलिउडका यस्ता सेलीब्रेटीहरु उनीहरु डिप्रेशनको शिकार भएका छन् ।

यस्तै सेलीब्रेटी मध्ये एक हुन् बलिउडमा निक्कै जमेकी नायिका दीपिका पादुकोण । ब्वाई फ्रेण्ड रणबीर कपुर संगको ब्रेकअप पछि उनी डिप्रेशनमा गएको कुरा उनले स्यंम खुलाएकी छिन् । भारतको एकदमै चर्चित रियालिटी शो कौन बनेगा करोडपति केबीसी को सिजन १३ को एपिसोडमा उनले आफुलाई डिप्रेशन भएको खुलाएकी हुन् ।

उनले शो मा रणबीर कपुर संगको ब्रेकअप पछि नभने पनि आफुलाई डिप्रेशन भएको र बाँच्न नै मन नलागेको अवस्था सम्म पुगेको खुलाएकी हुन् । उनी यस शो मा फराह खान संगै भाग लिन आएकी थिईन् । अमिताभ बच्चन संग उनले आफुलाई डिप्रेशन भएको कुरा खुलेर गरेकी थिईन् ।

कसरी डिप्रेशन भयो भन्ने अमिताभको प्रश्नमा उनले दिमागमा जहिल्यै पनि नकरात्मक कुरा मात्र आउने , कोही पनि मानिसहरु संग भेटघाट गर्न मन नै नलाग्ने, दिक्क लाग्ने , आफुले आफैलाई एक्लो महशुस गर्ने तथा अब बाँच्नुको कुनै अर्थ समेत नरहेको जस्ता कुराहरु मनमा आए पनि आफुलाई डिप्रेशन भएको थाहा पाएको बताएकी छिन् ।

उनी डिप्रेशनमा परेको बेला एकदमै धेरै रोएर दिन बिताउने गरेको समेत उनले सुनाएकी छिन् । यो कुरा पछि आमाले थाहा पाएर आमाको सल्लाह अनुसार चिकित्सक सम्म पुगेको पनि उनले कार्यक्रममा बताएकी थिईन् । अमिताभ बच्चनले भने डिप्रेशनको बारेमा शो मा खुलेर कुरा गरिदिएको भन्दै मुक्तकण्ठले प्रशंसा समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर