नेपाललाई संकेत गर्दै ओलीले भने- पिलो टनटनी पाक्दै थियो, फुत्त निस्किएर गयो — OSNepal

नेपाललाई संकेत गर्दै ओलीले भने- पिलो टनटनी पाक्दै थियो, फुत्त निस्किएर गयो

LC (KTM) September 14, 2021 0

काठमाडौं २९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी फुटेको नभई माधव नेपाल चोइटिएको बताएका छन् ।

गृह जिल्ला झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् । नेपाललाई लक्षित गर्दै ओलीले भने, ‘पिलो टनटनी पाक्दै थियो, फुत्त निस्किएर गयो ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड धोकेबाज हुन भने नेपाल लाई कमरेड नभन्न भन्दै कार्यक्रममा आग्रह समेत गरेका छन् । नेपालले खोलेको नेकपा एकिकृत समाजवादी पार्टी नक्कली भएको भन्दै ओलीले १५ वर्षसम्म एमालेबाट फाइदा मात्र लिएका नेपालआन्दोलनमा जोडिएका थिए, फेरि छुट्टिएको बताएका छन् ।

‘यसरी जोडिएका रहेछन् कि रसायन नै पुगेको रहेनछ, पक्लक्क फुक्लियो ’ ओलीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर