अभिनेत्री सपना चौधरीको घरमा सलमान खानको तस्बीर , फोटोशुट गर्दा पत्तै भएन सपनालाई — OSNepal

अभिनेत्री सपना चौधरीको घरमा सलमान खानको तस्बीर , फोटोशुट गर्दा पत्तै भएन सपनालाई

LC (KTM) September 14, 2021 0

सपना चौधरी मनोरञ्जन उद्योगकी एक जल्दी बल्दी अभिनेत्री हुन् । सपनाको आफ्नो जबरजस्त डान्स तथा म्युजिक भिडियोका लागि लोकप्रिय रहेकी छिन् । यति मात्र हैन सपना चौधरी टेलिभिजनको सबैभन्दा बढी बिबादीत शो बिग बोसको हिस्सा समेत बनिसकेकी छिन् ।

सपना चौधरीले बिग बोस सिजन ११ मा हिस्सा लिएकी थिईन् । यो सिजनमा उनी संगै हितेन तेजवानी, शिल्पा शिंदे, हिना खान, बिकास गुप्ता संग अन्य स्टार्सहरु समेत रहेका थिए । सपनाले बिग बोसको घरमा पनि आफ्नो डान्सको जलवा देखाएकी थिईन् ।

शो का होस्ट सलमान खान पनि सपना चौधरी संग निक्कै प्रभावित भएका थिए । यसैक्रममा अहिले सपनाको नयाँ फोटोशुट बाहिर आएको छ । यस फोटोशुटमा सपनाको घरमा सलमान खानको फोटो सजाएर राखिएको देख्न सकिन्छ । तस्बीरमा सपनालाई सलमान खान संग बिग बोसको स्टेजमा देख्न सकिन्छ ।

पछाडी टाँगिएको फोटो बिग बोसको प्रीमियरको रहेको जहाँ सलमान खानले सपनालाई स्टेजमा स्वागत गरेको देख्न सकिन्छ । सपनाको घरमा सलमान खानको फोटो देखेपछि फ्यानहरुले एकदमै जमेर प्रतिक्रियाहरु दिईरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर