धोकेबाज प्रचण्डले नेता कार्यकर्ताको रगत, पसिनामाथि आफ्नो राजनीतिक दुनो सोझो पारेका छन् — OSNepal

धोकेबाज प्रचण्डले नेता कार्यकर्ताको रगत, पसिनामाथि आफ्नो राजनीतिक दुनो सोझो पारेका छन्

LC (KTM) September 14, 2021 0

काठमाडौं २९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब माधव नेपालले वडा समिति समेत नजित्ने दावी गरेका छन् ।

आज मंगलबार गृह जिल्ला झापा पुगेका उनले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाललाई लक्षित गर्दै भने पार्टीको महासचिव र प्रधानमन्त्रीको पद चलाउन नसकेर राजीनामा दिने व्यक्ति नेता हुन सक्दैनन् ।

पार्टी र देशमाथि घात गर्दै एउटा झुण्ड लिएर गएका नेपालले गर्दा देश र संसदलाई कठिन अवस्था आएको ओलीको तर्क रहेको थियो ।

‘चुनाव त आउला नि, अब १२–१४ महिनापछि चुनाव आउछ, कति दिन चुनाव टोर्न होर,’ अध्यक्ष ओलीले भने, ‘कहाँ जाने होर, हेर्नुहोस त नयाँ सरकार बनेको दुई महिना पूरा भयो, ४ जनाले देश घुमाएको छ, देशको समय खेर फालेको छ ।’

उनले नेकपा पार्टी अहिले पनि नफुटेको भन्दै अध्यक्ष प्रचण्डको गुट मात्रै नेकपाबाट हिडेको बताउँदै सभालाई सम्बोधन गर्दै भने, अहिलेसम्म माओवादीका साथीहरू एमालेमा नै विभिन्न जिम्मेवारीमा हुनुहुन्छ ।’पार्टी फुटेको भन्दै नेकपाबाट प्रचण्डको गुट मात्रै हिँडेको हो’।

नेपालप्रति लक्षित गर्दै ओलीले भने,’पिलो निचोरिदैमा वजन घट्दैन, तपाईहरूले देख्नु भयो नि एमालेको वजन घटेको छ त ?,पिलो टनटनी पाक्दै थियो, फुत्त निस्किएर गयो, एमालेको वजन घटेको छ त ।’

अध्यक्ष प्रचण्डलाई धोकेबाज भन्दै उनले भने, ‘उहाँ एउटा असल बुवा, असल काका, असल ससुरा हुन्, असल सम्धी हुन्, तर धोकेबाज नेता हुन्,’ उहाँले नेता कार्यकर्ताको रगत, पसिनामाथि आफ्नो राजनीतिक दुनो सोझो पारेका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर