राष्ट्रियसभा सदस्यमा विजयी भएका देवकोटाले भने-'इतिहास रच्ने काम भयो' — OSNepal

राष्ट्रियसभा सदस्यमा विजयी भएका देवकोटाले भने-‘इतिहास रच्ने काम भयो’

LC (KTM) May 20, 2021 0

काठमाडौँ ६ जेठ । वाग्मती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा विजयी भएका डा। खिमलाल देवकोटाले इतिहास रच्ने काम भएको बताएका छन् । प्रतिद्धन्दी राम बहादुर थापा बादलाई हराएर विजयी भएका स्वतन्त्र उम्मेदवार देवकोटालाई विपक्षी दलहरुको समर्थन रहेको थियो भने बादललाई एमालेकै माधव नेपाल समुहले समेत मत दिएका थिएनन् ।

विजयसँगै खुसी भएका देवकोटाले सञ्चारकर्मीहरुसँग भने, ‘हामीले इतिहास रचेका छौं, किनभने स्वतन्त्र नागरिकलाई मेजर पोलिटिकल पार्टीले सपोर्ट गरेर चुनावमा उठाउनु भनेको नेपालको पहिलो अनुभव होला, सांसरमा पनि सायद पाइदैन ।’ स्वतन्त्र नागरिकको जित भएको बताउँदै देवकोटाले आफ्नो मात्र विजयी नभई स्वतन्त्र रुपमा कलम चलाउने, बहस गर्नेहरुको पनि जित भएको बताएका छन् ।

उनले सञ्चारकर्मीसँग बोल्ने क्रममा अब आफुले प्रदेश र स्थानीय तहको पक्षमा आवाज उठाउने समेत बताएका छन् । ‘संघीय राज्यहरुको अभ्यास हेर्ने हो भने अपर हाउस हो भनेको सब नेसशनल गभर्मेन्टको आवाज बोल्ने थलो हो,निर्वाचित जनप्रतिनिधि जसले निर्वाचित गरेको हो त्यसप्रति जवाफदेही हुने हो । विगतमा त्यो जवाफदेहीता पाएनौं, म निर्वाह गर्छु ’ देवकोटाले भने ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर