नेपाललाई लक्षित गर्दै रावलले भने - देश र जनताभन्दा पदलाई महत्व दिनेहरुले पार्टी फुटाएर गए — OSNepal

नेपाललाई लक्षित गर्दै रावलले भने – देश र जनताभन्दा पदलाई महत्व दिनेहरुले पार्टी फुटाएर गए

LC (KTM) September 14, 2021 0

धनगढी २९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पदलाई महत्व दिनेले पार्टी फुटाएर गएको बताएका छन् ।

आज धनगढीस्थित कैलालीको पार्टी कार्यालयमा नेता कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा रावलले यस्तो बताएका हुन् ।

उनले १० बुँदे सहमति भइसकेको अवस्थामा पार्टी फुटाउनुको कुनै अर्थ नभएको भन्दै एमालेबाट उछिट्टिएर भ्रममा परेर गएका र हाल एमालेमै रहेका सबै कमरेडहरुलाई एकतावद्ध भएर अगाडी बढ्न आग्रह गरेका छन् ।

उनले माधव नेपाललाई लक्षित गर्दै भने,’ देश र जनताभन्दा पदलाई महत्व दिनेहरुले पार्टी फुटाएर गए । ‘

पार्टीको केन्द्रीय उपाध्यक्ष, सुदूरपश्चिमको समन्वय कमिटीको संयोजक रहेका राववले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने, ‘विगतको कुरा बिर्सिदिनुस् अब,’ रावलले भने, ‘सबै एकताबद्ध भएर अगाडिको गन्तव्य हेर्नुस् । स्थानीय चुनाव र आम चुनाव हेरौं । स्वदेशी, विदेशी षड्यन्त्रलाई चकनाचुर पार्न एमालेमा फर्किन सकिन्छ ।’

साथै उनले आफुलाई इन्चार्जबाट हटाएको कुरामा सत्यता नभएको समेत स्पष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर