प्रचण्ड र माधवलाई वाम एकता पचेन ,कलङ्कको टिका लगाए : नेता महेश बस्नेत — OSNepal

प्रचण्ड र माधवलाई वाम एकता पचेन ,कलङ्कको टिका लगाए : नेता महेश बस्नेत

LC (KTM) September 14, 2021 0

अर्घाखाँची ।नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले प्रचण्ड र माधवलाई वाम एकता नपचेको दाबी गरेका छन ।नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीको अायोजनामा सन्धिखर्क बृहत कार्यकर्ता भेला लाई सम्बोधन गर्दै नेता महेश बस्नेतले कुकुरलाई घिउ नपचे जस्तै प्रचण्ड र माधवलाई पनि वाम एकता नपचेको दाबी गरेका हुन ।
छदाछदै को दुइतिहाइको पार्टी फुटाएर कलङ्क को टिका लगाएको आरोप लगाए । नेपालमा प्रचण्डको च्याखे दाउ वाला राजनीति अब नचल्ने समेत टिप्पणी गरे । परमादेशको सरकार काम नगर्ने हल्लामात्रै गर्ने नेता बस्नेतले बताए ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमाले स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले नेपाली कम्युनिस्ट आन्दोलनको मुलप्रवाह नेकपा एमाले भएको भन्दै उच्च मनोबलका साथ पार्टीका काममा जुट्न कार्यकर्तालाई अग्रह गरेका थिए । कार्यक्रममा १२ सय हाराहारी को उपस्थिति रहेको नेकपा एमाले जिल्ला कमिटीले जनाएको छ ।

एमाले नेता नजिर मिया , नेता चन्द्रबहादुर खड्का ,नेता रामजी प्रसाद घिमिरे , सचिवालय सदस्य नरेन्द्र कुमार क्षेत्री , प्रदेश कमिटीका सदस्य कुटमदिन अलि, उपसचिव प्रेमनारायण गैरे, जनार्दन खनाल , लिला बराल लगाएत नेताको मन्तव्य तथा उपस्थिति रहेको थियो ।

नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता ,उपाध्यक्ष जिवनारायण कोईरालाको स्वागत मन्तव्य र सचिव तोजबहादुर रायमाझीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर