भारतीय नागरिक लिएर साउदी गएको नेपाल एयरलाइन्सले नेपाल ल्यायो पाँच नेपालीको श ब — OSNepal

भारतीय नागरिक लिएर साउदी गएको नेपाल एयरलाइन्सले नेपाल ल्यायो पाँच नेपालीको श ब

LC (KTM) May 20, 2021 0

काठमाण्डौ –साउदीमा अड्किएका पाँच नेपालीको श व नेपाल एयरलाइन्समार्फत स्वदेश ल्याइएको छ ।वैदेशिक रोजगार बोर्डको पहलमा भारतीय नागरिक लिएर साउदी गएको नेपाल एयरलाइन्सको वाइड बडी जहाजले पाँच नेपालीको शव पनि ल्याएको हो । नियमित उडान रोकिए पनि नेपालमा अलपत्र परेका भारतीय नागरिकलाई साउदी लैजान सरकारले अनुमति दिएपछि नेपाल एयरलाइन्सले चार्डड उडान गरेको हो ।

जाँदा भारतीय नागरिक लिएर गएको वाइड बडी जहाजले फर्कदा भने नेपालीको शव लिएर फर्किएको बोर्डले जनाएको छ । अहिले निषेधाज्ञाको समयमा विमानस्थलसम्म आफन्तहरू श व लिन आउन नसक्ने भएकाले बोर्ड आफैँले शव बुझेर निःशुल्क रूपमा मृतकको घरसम्म पुर्‍याइरहेको छ । बोर्डले वैदेशिक रोजगारीमा ज्यान गुमाएका नेपालीको श व मृतकको घरसम्म पुर्‍याउन निःशुल्क ढुवानी सेवा उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर