सशस्त्र प्रहरीको गोली लागि मृ त्यु भएको घटनाबारे विस्तृत विवरण पठाउन आयोगको पत्रचार — OSNepal

सशस्त्र प्रहरीको गोली लागि मृ त्यु भएको घटनाबारे विस्तृत विवरण पठाउन आयोगको पत्रचार

LC (KTM) May 20, 2021 0

काठमाडौँ, ६ जेठ – राष्ट्रिय मानव अधिकार आयोगले नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को नेपाल–भारत सीमानाका नजिकैको प्रतापपुरमा भएको घटनाको अनुगमन गरी विस्तृत विवरणका लागि नेपाल प्रहरीलनई पत्रचार गरेको छ ।

आयोगको लुम्बिनी प्रदेश कार्यालयले प्रतापपुर गाउँपालिका, ६ कठहवामा सशस्त्र प्रहरीको गोली लागि स्थानीय २२ वर्षीय अविनाश राय घाइते भएको र थप उपचारका लागि बुटवल लैजाने क्रममा मृत्यु भएको घटनाको अनुगमन गरी विवरण माग गरेको हो ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले उक्त घटनाको विस्तृत विवरण उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी २६ नं. गण नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) लाई आजै पत्राचार गरेको जनाउनुभयो । सीमानाका बन्द रहेको अवस्थामा सीमापार गर्न खोज्दा झडप भएको र सशस्त्र प्रहरीले गोली चलाउँदा स्थानीय अविनाश राय घाइते भएको र अस्पताल लैजाने क्रममा बाटैमा निजको मृ त्यु भएको जानकारी आयोगलाई प्राप्त भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर