एपीएफ क्लबलाई पराजित गर्दै प्रधानसेनापति पुरुष भलिबलमा गण्डकी प्रदेश फाइनलमा प्रवेश



काठमाडौँ, २४ जेठ – गण्डकी प्रदेश सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पराजित गर्दै प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गण्डकी प्रदेश एपीएफ क्लबलाई ३–१ सेटले हराउँदै पहिलो पटक फाइनलमा प्रवेश गरेको हो । लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा आज भएको चौँथो संस्करणको सेमिफाइनल खेलमा गण्डकीले एपीएफलाई २५–२३, २१–२५, २५–२३ र २९–२७ अङ्कले हराएको हो ।नेपाली सेनाको आयोजनामा भएको उक्त प्रतियोगिताको विजेताले रु तीन लाख, उप–विजेताले रु एक लाख ५० हजार तथा तेस्रो हुने टोलीले रु ७५ हजार पुरस्कार प्राप्त गर्नेछ ।(रासस)

Comment