मोबाइलको ब्याट्री टिकाउन अपनाउनुहोस् यि तरिका, जसले पैसा र समय दुवैको गर्नेछ वचत



काठमाडौं । पछिल्लो दशक स्मार्ट फोनको प्रयोग बढेसँगै ब्याट्री नटिक्दा प्रयोगकर्ताहरु हैरानमा पर्ने गरेका छन् । घरबाट लामो दूरीको यात्रामा निस्कँदा त झनै समस्या पर्ने गरेको छ । ब्याट्रीको टिकाउ कम हँुदा आवश्यक मानिसलाई सम्पर्क गर्न नसक्दा समस्या आइलाग्ने गरेको छ । कसरी मोबाइल ब्याट्री टिकाउने यो चिन्ता प्राय सबैलाई हुने गरेको छ ।

यसैलाई ध्यानमा राखेर यहाँ मोबाइलको ब्याट्री टिकाउन सकिन्छ भन्ने विषयमा जानकारी दिन खोजिएको । मोबाइल प्रयोगकर्ताले सामान्य कुरामा ध्यान दिने हो भने यो समस्या त्यत्तिरहँदैन। मोबाइलको ब्याट्री टिकाउने उपाय सरल उपायहरुमा मोबाइललाई बढी चार्ज गर्नुु हुँदैन् । यसले ब्याट्री असर गर्छ जसले टिकाउ क्षमता गुमाउँदै जान्छ । यसैगरी मोबाइलको आफ्नै सेटको चार्जर प्रयोग गर्नुुपर्छ, मास्टर चार्जर प्रयोग गर्नु हुँदैन्।

मोबाइलको ब्राइटनेस सधै कम राख्नुुपर्छ । आवश्यकतानुुसार मात्र बढाउनुपर्छ । मोबाइलमा लामो कुुरा गर्नुहुँदैन् । यी कुरामा ध्यान दिन सकिए केही हदसम्म मोबाइलको ब्याट्री टिकाउमा सहयोग पुग्नेछ ।

Comment
error: Content is protected !!