करिनाले महंगो रकम मागेपछि अन्तत: सीतामा कंगना रनावत फाइनल — OSNepal

करिनाले महंगो रकम मागेपछि अन्तत: सीतामा कंगना रनावत फाइनल

LC (KTM) September 15, 2021 0

एजेन्सी- करिनाको हल्लापछि ‘सीता’मा कंगना रनावत फाइनल भएकी छन् । केवी विजयेन्द्रप्रसाद लिखित र अलौकिक देसाईको निर्देशनमा बन्न लागेको फिल्ममा अन्तत कंगना फाइनल भएको बताइएको छ ।

यो चलचित्रमा सीताको भूमिकाका लागि अभिनेत्री करिना कपुरलाई अफर गरिएको थियो । यद्यपि उनले १२ करोड पारिश्रमिक माग गरेपछि उनी विवादमा तानिएकी थिइन् । अब भने उनको स्थानमा कंगना फाइनल भएको बताइएको छ ।

यो खबरलाई पुष्टि गर्दै चलचित्रको निर्माण गरिरहेकी एसएस स्टुडियोको निर्मात्री सलोनी शर्मा भन्छिन्, “एक महिलाको नाताले म कंगनालाई स्वागत गर्न पाउँदा निकै खुसी छु । चलचित्र ‘द इन्कारनेसन सीता’ मा कंगनाले भारतीय महिलाको निडर छवि दर्शाउने छिन् ।” “सीता रामको आर्शिवादको साथमा चलचित्र ‘द इन्कारनेसन सीता’ मा टाइटल भूमिका पाएकोमा र प्रतिभावान टिमसँग काम गर्न पाएको खुशी छु भन्दै कंगनाले पनि चलचित्रको पोस्टर सेयर गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर