सङ्क्रमितलाई खानाको प्रबन्ध गर्दै तीन दिन अघि मात्रै कोरोना जितेका प्रदेशसभा सदस्य पहारी — OSNepal

सङ्क्रमितलाई खानाको प्रबन्ध गर्दै तीन दिन अघि मात्रै कोरोना जितेका प्रदेशसभा सदस्य पहारी

LC (KTM) May 20, 2021 0

पोखरा ६, जेठ- तीन दिन अघि मात्रै कोरोना सङ्क्रमणबाट मुक्त गण्डकी प्रदेशसभा सदस्य राजीव पहारी यतिबेला अन्य सङक्रमितको हेरचाह र सेवामा जुट्नुभएको छ । उहाँ अहिले सङ्क्रमितका लागि एम्बुलेन्सको व्यवस्थापन र भोजन व्यवस्थापनमा जुट्नुभएको हो । पोखरा महानगरपालिका–३० स्थित गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा पुगेर प्रदेश सांसद पहारीले अस्पतालमा उपचारत ६० जना सङ्क्रमित र १० जना स्वास्थ्यकर्मी गरी ७० जनालाई १० दिनका लागि खाना र खाजाको व्यबस्थापन गर्नुभएको छ ।

“अहिलेको महामारीमा बिरामीलाई आवश्यक उपचार, सकारात्मक उत्प्रेरणा र पौष्टिक खानाको आवश्यक छ । त्यसैले सहयोगमा जुटेको हुँ ।” प्रदेश सांसद पहारीले भन्नुभयो । म आफै पनि निकै कष्टकर रुपमा यस कोभिडसँग लडेको हुँ, मलाई थाहा कति गाह्रो हुन्छ ।” पहारीले भन्नुभयो । उहाँले महामारीविरुद्ध सबैले आफ्नो स्थानबाट सक्दो सहयोग गरेर सङ्क्रमितलाई सकारात्मक ऊर्जा प्रदान गर्न आग्रह गर्नुभयो ।

अहिलेको मुख्य काम जनताको जिऊ ज्यानको रक्षा भएको जनाउँदै पहारीले आर्थिक वर्ष २०७७÷७८ को खर्च हुने नसकेको विकास बजेट कोरोना नियन्त्रण र उपचारमा लगाउनुपर्ने बताउनुभयो । उहाँले ज्यान रहे विकास गर्न सकिने भएकाले राज्यका सबै संयन्त्र अहिले कोभिड नियन्त्रणमा लाग्नुपर्ने धारणा राख्नुभयो । पहारीका अनुसार सो अभियानमा खाना खाजा व्यवस्थापन नमस्ते सामुदायिक प्रतिष्ठान नेपाल र यसका संस्थापक अध्यक्ष भीष्मराज पौडेल र जर्जियाका लागि नेपालका पर्यटकीय सद्भावना दूत दिपक पहारीले सघाउनुहुनेछ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर