युवा व्यवसायी सिंहद्धारा कोरोना प्रभावित र तिनका कुरुवालाई निःशुल्क खाना वितरण अभियान शुरु — OSNepal

युवा व्यवसायी सिंहद्धारा कोरोना प्रभावित र तिनका कुरुवालाई निःशुल्क खाना वितरण अभियान शुरु

LC (KTM) May 20, 2021 0

बझाङ, ६ जेठ-युवा व्यवसायी जीवनबहादुर सिंहले कोरोना प्रभावित तथा तिनका कुरुवालाई निःशुल्क खाना वितरण अभियान शुरु गर्नुभएको छ । सिंहले शुक्रबारदेखि जिल्ला अस्पताल सिमखेतमा रहेका कोरोना प्रभावित तथा कुरुवालाई िखाना वितरण गरिरहनुभएको छ ।

अस्पतालमा कोरोनाको परीक्षण शुरु भएदेखि नै उपचार गराउन आउने बिरामी तथा तिनका कुरुवाको बिजोग भएको थियो । निषेधाज्ञाका कारण खाना खाने होटल बन्द हुँदा उनीहरु प्रभावित भएका थिए । अहिले एक दिनमा ५० देखि ७० जनासम्मलाई खाना खुवाउने गरिएको छ ।

“हाम्रो अभियानमा देशविदेशबाट धेरै जना जोडिएर सहयोग गरिरहनुभएको छ । कसैले आर्थिक सहयोग, कसैले खाद्यान्न सहयोग, कसैले ग्यास सिलिण्डरको सहयोग गरिराख्नुभएको छ”, सिंहले भन्नुभयो । औषधि, खाना वा अन्य कुनै पनि प्रकारको सेवा लिनुपरेमा ९८४८६०७६४७, ९८६४५९५९९४, ९८६८४०६६२० र ९८४८७५५२८८ मा फोन सम्पर्क गर्न पनि सिंहले अनुरोध गर्नुभएको छ (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर