केकी अधिकारी भन्छिन् - केश मुण्डनकै कारण मैले धेरै काम गुमाएको छु — OSNepal

केकी अधिकारी भन्छिन् – केश मुण्डनकै कारण मैले धेरै काम गुमाएको छु

LC (KTM) September 15, 2021 0

नेपालका कतिपय नायिकाहरुले केश मुण्डन गरेका छन् । फिल्मकै लागि भनेर उनीहरुले केश मुण्डन गरेका हुन् । आमा फिल्ममा रियलमै केश मुण्डन गरेर चर्चामा आएकी सुरक्षा पन्त केश मुण्डन गर्दाको आफ्नो अद्भुत अनुभव प्रति सधै गर्व गर्छिन् ।

त्यस्तै पछिल्लो समय केकी अधिकारीले पनि केश मुण्डन गरेकी छिन् । उनले पनि फिल्मकै लागि भनेर केश मुण्डन गरेकी हुन् । उनले बोक्सीको घर नामक चलचित्रको लागि केश मुण्डन गरेकी हुन् । तर केश मुण्डन पछि उनले बिभेदको सामना गर्नुपरेको खुलासा गरेकी छिन् ।

एक संचारमाध्यम संगको अन्र्तबार्ताका क्रममा उनले केश मुडुलो भएकै कारण आफुले धेरै वटा प्रोजेक्ट गुमाएको खुलासा गरेकी छिन् । उनले भनिन् -मलाई धेरै पटक कामको बारेमा सबै कुरा मिलिसकेको थियो तर पछि कपाल नभएको थाहा पाए पछि केही न केही बहाना बनाएर काम बाट हटाइएको छ ।

उनले नेपाली परिबेशमा अझै पनि महिलाहरु यस्तो लुक्समा आइनसकेको दाबी गरेकी छिन् । यहि मानसिकताका कारण आफुले धेरै वटा प्रोजेक्ट गुमाएको दाबी गरेकी छिन् । उनले केही म्युजिक भिडियोमा नक्कली कपाल लगाएर समेत अभिनय गरेकी छिन् । तर पनि कतिपय प्रोजेक्टबाट भने कपाल नभएकै कारण रिजेक्ट भएको उनले खुलासा गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर