भक्तपुर जिल्ला बुद्धिचाल सङ्घको अध्यक्षमा प्रजापति चयन



भक्तपुर, २५ असार -भक्तपुर जिल्ला बुद्धिचाल सङ्घको पाँचौं जिल्ला अधिवेशनले नीरञ्जन प्रजापतिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा पूर्णसुन्दर श्रेष्ठ, सचिवमा शिवसुन्दर श्रेष्ठ, कोषाध्यक्षमा बद्री केदार दुवाल, सदस्यमा प्रवीस प्रजापति, विक्रम चोकामी, नातीभक्त दुमरु, सविना श्रेष्ठ र सविना गुजलाई चयन गरेको छ ।आगामी चार वर्षका लागि चयन भएको कार्यसमिति निर्वाचन कमिटीका अध्यक्ष एवं सङ्घका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र खाइजूले जानकारी दिनुभयो । (रासस)

Comment