म जवान देखिनका लागि दिनहुँ सर्पको खुन पिउने गर्छु : अनिल कपुर — OSNepal

म जवान देखिनका लागि दिनहुँ सर्पको खुन पिउने गर्छु : अनिल कपुर

LC (KTM) September 16, 2021 0

बलिउडमा जति बुढो भए पनि झन् झन् जवान देखिने नायकहरु मध्ये एक हुन् अनिल कपुर । अनिलको जवानीलाई लिएर हरेक साल चर्चा भईरहने गरेको छ । उनका फ्यानहरु उनी जवान देखिनुको राज जान्न एकदमै लालायीत रहेका छन् ।

यसैक्रममा अनिल कपुर अरबाज खानको टक शो मा पुग्छन् । यस शो मा उनले आफे जिवन संग जोडिएका हरेक सवालको जवाफ दिएका छन् । अनिल कपुरले ति ब्यक्तिहरुलाई पनि जवाफ दिएका छन् जो उनी जवान देखिनुको राज जान्न चाहान्छन् ।
आफु जवान देखिनुको राज सधै प्लाष्टिक सर्जनको साथमा रहने गरेको र सर्पको खुन पिउने गरेको बताएका छन् । यस शो को एक सेग्मेन्टमा अनिल कपुरलाई केही ब्यक्तिको रेर्कडेड भिडियो पनि देखाइएको थियो ।

उक्त भिडियोमा अनिलको लुक्स लाई लिएर अलग अलग धारणाहरु आईरहेको थियो । एक भिडियोमा एक जनाले भनेका छन् – उनलाई ब्रम्हाजीको बरदान रहेको बताएका छन् । त्यस्तै अर्काले भनेका छन्– मलाई लाग्छ उनी आफ्नो प्लाष्टिक सर्जनको साथमा रहन्छन् ।

त्यस्तै अर्का एक जनाले झन् रमाईलो कुरा गर्दै भनेका छन्– मलाई लाग्छ अनिल कपुर सर्पको खुन पिउने गर्छन् ता कि उनी जवान देखिउन् । यो हेरे पछि अनिल कपुरले हाँसेर ब्यंगात्मक शैलीमा यो सबै सवालहरु तपाईहरुले पैसा दिएर सोध्न लगाए जस्तो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर