सोनू सूदको घरमा दोस्रो दिन पनि आयकरका अधिकारीहरुको छापा, छापा प्रति दिल्लीका मुख्यमन्त्रीले जनाए आपत्ति — OSNepal

सोनू सूदको घरमा दोस्रो दिन पनि आयकरका अधिकारीहरुको छापा, छापा प्रति दिल्लीका मुख्यमन्त्रीले जनाए आपत्ति

LC (KTM) September 16, 2021 0

इनकम ट्याक्सको मामलामा बलिउड अभिनेता सोनू सूदको कठिनाई अझै हटेको छैन । आयकर बिभागका अधिकारीहरुको टीम फेरी दोस्रो दिन पनि सोनू सूदको घरमा छापा मार्नका लागि पुगेका छन् ।

हिजो जस्तै आज पनि आयकर बिभागको टिम सोनू सूदको घरमा छापा मार्न पुगेको हो । हिजो देखी आयकर बिभागको टीम सोनू सूद संग जोडिएको ६ ठाउँमा छापा मारिरहेका छन् ।

सोनू सूदको आर्थिक कारोबारको रेकर्ड , आय, लेखा किताब, खर्च संग जोडिएको डाटाहरु जफत गरेर अनुषन्धान गरिरहेको छ । सोनू सूदको घरमा गरिएको छापा प्रति आम आदमी पार्टीले चिन्ता ब्यक्त गरेको छ ।

दिल्लीका मुख्यमन्त्री केजरीवालले सोनू सूदलाई सर्पाेट गरेका छन् । उनले ट्वीट गर्दै लेखेका छन्– साँचो बाटोमा लाखौ मुश्किल आउने गर्छ , तर जीत सधै सत्यकै हुन्छ । सोनू सूदको साथ लाखौ परिवारको आर्शिबाद छ जुन मुश्किल घडीमा सोनू जीको साथ मिलेको थियो । सोनू सूदको यस बिषयमा अहिले सम्म कुनै प्रतिक्रिया आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर