अश्लील फिल्म बनाउने राज कुन्द्रा बिरुद्ध १५०० पृष्ठको आरोपपत्र दायर , साक्षीमा शिल्पाको नाम — OSNepal

अश्लील फिल्म बनाउने राज कुन्द्रा बिरुद्ध १५०० पृष्ठको आरोपपत्र दायर , साक्षीमा शिल्पाको नाम

LC (KTM) September 16, 2021 0

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा बिरुद्ध मुम्बई प्रहरीले आरोपपत्र दायर गरेको छ । आरोपपत्रमा राज बिरुद्ध अश्लील फिल्म उत्पादन गरेर एप्स मार्फत प्रशारण गर्ने गरेको आरोप लगाइएको छ ।

मुम्बई क्राइम ब्रान्चको टोलीले राज सहित उनका सहयोगी विरुद्ध मजिस्ट्रेट अदालत समक्ष आरोपपत्र दायर गरेको हो । आरोपपत्र १५०० पृष्ठको रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

अहिले शिल्पाका पति राज कुन्द्रा र उनका सहयोगी भनिएका रयान् थोर्पे न्यायिक हिरासतमा रहेका छन्। उनीहरु दुबैजनालाई १९ जुलाईमा मुम्बइ प्रहरीको अपराध महाशाखाले पक्राउ गरेको थियो । यसअघि अप्रिल महिनामा पोर्नाेग्राफी केसमा जोडिएका बिभिन्न ९ जना विरुद्ध आरोपपत्र दायर गरेको थियो।

साथै उनीहरुलाई पोर्नाेग्राफीका बारेमा प्रश्नहरु सोधिएको थियो । पुनम पाण्डे, शर्लिन चोपडा लगायतका अभिनेत्रीहरुले राज बिरुद्ध संगिन आरोपहरु लगाएका थिए । १५०० पानाको चार्जसिटमा ४३ जना साक्षीको नाम दिइएको छ ।

यसमा पत्नी शिल्पा र शर्लिन चोपडाको नाम समावेश रहेको छ । त्यस्तै यस मामलामा २ जना पनि समाबेश रहेका छन् । यश ठाकुर उर्फ अरविन्द श्रीवास्तव जो सिंगापुरमा बसिरहेका छन् ।

यस्तै राजका भिनाजु प्रदीप बख्शी, जो लण्डनमा छन् । शिल्पाले पनि आफ्नो बयानमा राजको भिनाजु प्रदीप नै यस कार्यको मुख्य नाइके रहेको र उसले राजलाई फसाएको दाबी गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर